आज मितिः २०८२ जेष्ठ ३२ गते

शिशुलाई जन्म दिएर दुबईको अस्पतालबाट फरार नेपाली महिलालाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबई –

संयुक्त अरब इमिरेट्सको दुबईमा शिशुलाई जन्म दिएर एक नेपाली महिला अस्पतालबाट फरार भएकी छन् ।

उनलाई नभाग्न र सम्पर्कमा आउन नेपाली राजदुतावासले आग्रह गरेको छ ।

दूतावासले कानूनी रुपमा पछि यस्तो प्रवृत्तिले आमालाई थप समस्या आउने भएकोले दूतावासमा सम्पर्कमा आउन आग्रह गरेको हो ।

दुबईको लतिफा अस्पतालमा अगस्त १६ मा इमरजेन्सी कक्षमा भर्ना भएकी ललितपुरकी २८ वर्षीया रेनुका पहारीले जन्म दिएको छोरीलाई अस्पतालमै छोडेर भागेकि हुन ।
यो घट्ना अस्पताल स्रोतलाई उद्धृत गर्दै नेपाली दूतावास आबुधावीले जनाएको छ ।

रेनुका १६ अगस्तमा अस्पताल आएकी र इमरजे न्सीमा भर्ना भई सोही दिन छोरीलाई जन्म दिइ ३ दिनपछि अस्पतालबाट फरार भएको सूचना प्राप्त भएको दूतावासले जनाएको छ।

दूतावासले रेनुकालाई अस्पताल आफैंले पनि सम्पर्क गरेको तर सम्पर्कमा नआएको र छोरीलाई अस्पातलले हेरिरहेको जनाएको छ ।

उनि नेपाली दूतावासमा सक्दो छिटो सम्पर्कमा आएमा सहजीकरण गर्ने दूतावासले जनाएको छ । फरार सुत्केरी महिलालाई आर्थिक वा अन्य केही समस्या भए अस्पतालसँग समन्वय गरी लागेको रकम मिनाहा गर्न पनि दूतावास तयार भएको भन्दै त्यसका लागि महिलालाई दूतावास वा अस्पतालको सम्पर्कमा आउन नेपाली दूतावासले आग्रह गरेको ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.