आज मितिः २०८२ बैशाख ५ गते

सार्वजनिक बिदा भन्दै सूचना सम्प्रेषण गर्ने चितवन का एक युवक पक्राउ

चितवन-

आज सार्वजनिक बिदा भन्दै गलत सूचना सम्प्रेण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो। आज भदौ १९ गते सार्वजनिक बिदा भन्दै गृह मन्त्रालयको नक्कली लेटरहेडबाट गलत सूचना सम्प्रेषण गरिएको थियो। पुरानो सूचनालाई मिति सच्याएर आज सार्वजनिक बिदा भन्दै भ्रम सिर्जना गराइएको थियो।

गलत सूचना सम्प्रेषण गरिएपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पनि ती व्यक्तिको खोजी गरेको थियो। साइबर ब्यूरोसँग समन्वय गरेर थप छानबिन र पुष्टि गर्ने काम चितवन प्रहरीले गरिरहेको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.