आज मितिः २०८३ बैशाख १० गते

ललितपुरको महालक्ष्मीमा चर्कियो जग्गा काण्ड

ललितपुर –

ललितपुरको महालक्ष्मी नगरपालिको एक सार्वजनिक जग्गा उपयोगको विषयलाई लिएर चर्किएको विवादले उग्ररुप लिएको छ ।

नगरपालिकाको वडा नं‍८ चाकामकल लाँखे डाँडामा रहेको जग्गामा नगरपालिकाले नै दुई विपरीत योजनाहरू बढाएपछि विवादले उग्ररुप लिएको हो ।

नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा चाकामकल टोल सुधार समितिमार्फत हेल्थ सेन्टर निर्माण गर्नका लागि दिएको जग्गामा यत्तिखेर खानेपानीको बोरिङ गर्ने अर्को योजना ल्याएसँगै विवादले अग्ररुप लिन पुगेको हो ।

रोचक कुरात यो वर्ष डिप बोरिङको योजना ल्याइएको उक्त जग्गामा अघिल्लो वर्ष नगरपालिकाको खर्चमा ब्याडमिन्टनकोडसहित बालमैती पार्कनिर्माण गरिएको छ ।

टोल सुधार समितिलाई दिएको उक्त जग्गामा हेल्थ सेन्टर बन्न लागिरहेको समयमा पुनः नगरपालिकाले खानेपानीको समस्या देखाउँदै आँखा गाँडेपछि अहिले स्थानीय र नगरपालिकाबिचको विवादले उग्ररुप लिएको स्थानीयहरू बताउँछन् । स्थानीयहरू खानेपानीको वैकल्पिक उपायहरू हुँदा हुँदै नगरपालिकाले अनावश्यक बखेडा झिकिरहेको बताउँछन् ।

आफूहरूलाई दिएको जग्गामा बिना जानकारी बोरिङ खन्न थालिएपछि टोल सुधार समिति यसलाई रोकी पाउँ भन्दै प्रमुख जिल्ला अधिकारीकोमा पुगेको छ । समितिले गत जेठ ३ गते डिप बोरिङको योजना रोक्न माग गर्दै निवेदन दिएको हो ।

टोल सुधार समितिका अध्यक्ष दिपा थापा मगरले नगरपालिकाले टोल सुधार समिति र स्थानीयवासीलाई कुनै जानकारी नदिई बोरिङ खन्न थालेपछि विवाद भएको बताउनुभयो । ‘नगरपालिकाले न त टोल सुधार समिति र स्थानीयलाई कुनै जानकारी दिएको छ, न त सार्वजनिक सूचना गरी सहमति नै लिएको छ, हामीलाई दिएको जग्गा बिना जानकारी अरू कसैलाई अर्को प्रयोजनका लागि कुन नैतिकताले दिन मिल्ला रु अध्यक्ष थापाले प्रश्न गर्नुभयो । उहाँलेआफुलाई हेल्थ सेन्टर बनाउन भनेर दिएको जग्गामा अन्य कुनै पनि योजना ल्याउनु भनेको बखेडा झिक्नु मात्र भएको बताउनुभयो ।

यस विषयमा महालक्ष्मी नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठ दुई पक्षबिच विवाद भए पनि विवाद समाधानतिर गइरहेको बताउनुहुन्छ । हेल्थ सेन्टरलाई पहिले नै दिएको जग्गा खानेपानीको समस्या भएपछि डिप बोरिङका लागि लिन खोज्दा विवाद बढेको उहाँले स्विकार्नु भयो ।

‘अहिले महालक्ष्मीमा खानेपानीको धेरै नै भएकाले त्यहाँ डिप बोरिङ राख्ने योजना बनाइएको हो, हेल्थ सेन्टरका लागि पनि आवश्यक पर्ने जग्गा त्यहाँ पुग्दैन त्यही कारण स्थानीय बासी दुई धारमा विभाजित भएपछि विवाद बढेको हो’उहाँले भन्नुभयो । ‘वडा अध्यक्षको हैसियतमा महिले सहमति खोज्ने प्रयास गरिरहेको, हेल्थ सेन्टर बनाउनुपर्छ भन्ने समुदायलाई पनि पानीको समस्या छ, पानी बराबर बाँड्ने गरी समाधान गरिन्छ ।’उहाँले भन्नुभयो ।

खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष सानाकान्छा श्रेष्ठ पानीको समस्या भएकाले नै उक्त ठाउँमा डिप बोरिङ गर्न खोजिएको बताउनुहुन । ‘पानीको हाहाकार छ, वडा अध्यक्षले विवाद मिलाउँदै हुनुहुन्छ, हामीले मिलेर अघि बढौँ भनेका छौ ।

यता टोल सुधार समितिकी अध्यक्ष थापा भने नगरपालिकाले खानेपानीको वैकल्पिक उपाय नखोजी, नगरपालिकाले बल मिचाई गरेको बताउनुहुन्छ । ‘यो आइएलओ सम्धीको १६९को विपरीत पनि छ, हामीले पानी जस्तै स्वास्थ्य सेवा पनि अत्यावश्यक हो, त्यसमाथि नगरपालिकाले नै लगानी गरेर त्यहाँ हेल्थ सेन्टर बनिरहेको, यस्तो अवस्थामा अर्को योजना घुँसाउनु भनेको नगरपालिका आफै जनता जुँदाउन उद्दत भएको देखियो हामी यो स्वीर्कादैनौ ।’

कतिपय स्थानीहरू भने आफूहरूले परापूर्वकालदेखि नै दाहसंस्कारको लागि प्रयोग गरिरहेको उक्त जमिनमा खानेपानी र स्वास्थ्य सेवाका नाउँमा नगरपालिकाले राजनीति गरेको बताउँछन् । उनीहरू उक्त स्थान स्वमसानघाट भएकाले को दाबी गरिरहेका छन् । एक थरी भने यो सरकार नेपाल सरकारको भएकाले नगरपालिकाले आफूखुसी प्रयोग गर्न नमिल्ने बताउँछन् ।

चक्रपथबाट

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.