आज मितिः २०८३ बैशाख १० गते

आज बाबुको मुख हेर्ने दिन, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड

काठमाडौं –

आज बाबुको मुख हेर्ने दिन अर्थात् कुशे औंसी । यो पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ(आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने गर्दछन् ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदादान गर्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।

यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्दछ ।

आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.