कतारमा खुल्यो बालेन सिटि रेष्टुरेन्ट
दोहा- कतारमा नेपालीहरुले रेष्टुरेन्ट व्यवसाय गर्नेक्रममा कमि आएको छैन। ब्यवसाय गर्नेहरु दिनानुदिन बढ्दै गएको छ। दोहामा सन् १९९८ मा पहिलो पटक खुलेको चितवन टाइगर टप रेष्टुरेन्ट,नेपाली भान्साघर हुँदै दर्जनौ रेस्टुरेन्टहरु खोली सकिएको छ । धेरै रेस्टुरेन्टहरुको नाम परिवार, थर, जिल्ला वा देशको चर्चित स्थानहरुको नामबाट खोलिएको पाइन्छ । यस्तै चर्चामा पछिल्लो समय चुलिएको नामबाट नयाँ रेस्टुरेन्ट सन्चालनमा आएको छ । जसको नाम हो बालेन सिटि रेस्टुरेन्ट । काठमाडौ महानगरपालिकाका प्रमुख बालेनको नामबाट बुधबार खुलेको रेष्टुरेन्टको कतारका मानवअधिकार आयोगका नेपाली प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाले रिबन काटेर उद्घाटन गर्नु भएको हो। बिगतमा खुलेका रेष्टुरेन्ट र अहिले खुलेको रेष्टुरेन्टमा भने निकै…