आज मितिः २०८१ आश्विन २० गते

अभिभावकको सम्झनामा ‘‘असहाय बृद्ध कल्याण समाज’’ लाई खाद्यान्न सहयोग , भिडियो सहित

चितवन १५ आश्विन।
हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं नजिकिदै गर्दा असहाय बृद्ध कल्याण समाजका लागि स्वर्गीय आमा बुवाको सम्झनामा छोरी सुजाता पाठकले खाद्यान्न सहयोग गरेका छन ।

चितवन राप्ती ८ हाल फ्रान्स निवासी सुजाता पाठक र ज्वाई कुमार थापाले अभिभावक स्व दर्शन राज पाठक र स्व राधा कुमारी पाठकको सम्झनामा र न पा १३ मा रहेको असहाय बृद्ध कल्याण समाजलाई नेवारी चामल ३ बोरा , घरमा पेलिएको शुद्ध तोरीको तेल ५ लिटर , मुसुरोको दाल ३ केजी , नुन एक पोका , चना १ केजी , केराउ १ केजी , बोडी १ केजी , मिस्रि २ केजी , नरिवल र १ कार्टुन पानी गरि करिब रु १५००० बराबरको खाद्यान्न प्रदान गरिएको छ ।

खाद्यान्न वितरणमा चेपाङ्ग संरक्षण केन्द्रका अग्रज पत्रकार के पी किरण शर्माले यसरि सहयोग प्राप्त गर्दा असहाय बृद्धहरुलाई जीवन यापन गर्न सहज हुने र दाता प्रति आभार ब्यक्त गर्नु भएको थियो ।
उक्त खाद्यान्न सहयोगमा राजन दिल गुरुङको सहकार्य र के पी किरण शर्माले समन्वयन गर्नु भएको थियो। असहाय बृद्ध कल्याण समाजमा १३ जना बृद्ध बसोवास गर्दै आएका छन्।

भिडियो हेर्नुहोस –

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.