आज मितिः २०८३ बैशाख १० गते

उद्दार अनलाईन

564 Posts
अध्यागमनमा ई-भिसा र अनलाइन भुक्तानी शुभारम्भ

अध्यागमनमा ई-भिसा र अनलाइन भुक्तानी शुभारम्भ

काठमाडौं-   अध्यागमन विभागले आजदेखि ई(भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ। आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका हुन्। विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि विहान बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताए। “हाल विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ(भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुनेछ”, उनले भने। ‘ई(भिसा’ लागू गर्ने पूर्वअभ्यासका लागि ‘इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन’ लागू गरिएको विभागले जानकारी दिएको छ। यसमार्फत…
Read More
यूरोप अमेरीका जान दुवइमा युवाहरुको लर्काे, रोकिएन एयरपोर्ट सेटिङ

यूरोप अमेरीका जान दुवइमा युवाहरुको लर्काे, रोकिएन एयरपोर्ट सेटिङ

काठमाण्डौं- यूरोप अमेरीका जान दुवइमा युवाहरुको भीड नै लागेको छ । भिजिटमा नेपालबाट दुबई आउने र यहाँ चार पाँच महिना बसे पछि यूरोप र अमेरीका छिर्ने क्रम बढ्दो छ । वैदेशिक रोजगार विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्राको परामर्श सम्बन्धी सूचना जारी गरे पनि एयरपोर्ट सेटिङ भने रोकिएको छैन । दुबईमा भिजिटमा आएर काम खोजेर गर्नेको संख्या पनि उत्तिकै छ । मेन पावरबाट आउँदा काम धेरै गर्नु पर्ने तलब सुविधा कम भएकोले पनि भिजिटमा आएर काम खोजि गरि बस्ने गरेका छन् । भिजिटमा आउनेहरुलाई त्यसैले एअरपोर्टमा कडाई गरिएता पनि सेटिङ भने रोकिएको छैन । एअरपोर्ट भित्र प्रहरीको अनुसन्धान टोलीले…
Read More
उत्कृष्ट प्रदर्शन गर्दै क्यानडामाथि नेपालको जित

उत्कृष्ट प्रदर्शन गर्दै क्यानडामाथि नेपालको जित

काठमाडौं- नेपालले क्यानाडाविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । त्रिवि मैदानमा भएको खेलमा सहज जिततर्फ लम्किरहेको क्यानाडालाई नेपालले ७ रनले स्तब्ध तुल्यायो । क्यानडाले २८ रनका लागि आफ्ना अन्तिम ६ विकेट गुमाएको थियो ।नेपालका कप्तान रोहित पौडेलले ४, ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल र कुशल मल्लले एक एक विकेट लिए ।    
Read More
हुलाक सेवाका दरबन्दी खारेज

हुलाक सेवाका दरबन्दी खारेज

काठमाण्डौं- सरकारले केन्द्रीय धनादेश र टिकट व्यवस्थापन तथा ‘फिलाटेलिक’ कार्यालय खारेज गरेको छ। मन्त्रिपरिषद्को बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने, हुलाकको सङ्गठन संरचना परिवर्तन गर्ने र एक हजार छ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले जानकारी दिएको हो ।   बैठकले विद्युतीय सुशान आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छभने गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण ९पहिलो संशोधन० निर्देशिका २०८०, स्वीकृत गरेको छ।   बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरी निवासी डा परशुराम मिश्रलाई नियुक्त गर्ने निर्णय…
Read More
द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’

द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’

तुलसीपुर- दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ । यति मात्रै होइन, पालनपोषण पनि त्यही नै गरिन्छ । त्यही विद्यालय परिवारको पीडा भुलाउने माध्याम बनेको छ । आफू सात महिना हुँदा बुबा सहिद भएपछि टुहुरो भएका रोल्पा सुनछहारीका पर्शुराम रोकाले विज्ञान विषय लिएर कक्षा १२ सम्म सोही विद्यालयमा पढे । “बुबा सहिद भएपछि टुहुरो भएका रोकालाई आमाले जसोतसो गाउँमै कक्षा ८ सम्म पढाइन् । यसपछि सहिद स्कुलमा कक्षा ९ देखि पढ्न आए । “मलाई यो विद्यालयका बारेमा थाहा…
Read More
अरुको नागरिकतामा ठगी गर्ने ३ जना पक्राउ

अरुको नागरिकतामा ठगी गर्ने ३ जना पक्राउ

काठमाण्डौं- अरुको नागरिकतामा ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम ठगी गरेका हुन्। हरिवन नगरपालिका घर भई ललितपुर बस्दै आएका सरोज यादव, सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंह पक्राउ परेका हुन् । उनीहरुले ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै प्रतिव्यक्ति रु सात लाखका दरले रकम असुल्दै आएका पाइएको छ। मासिक रु एक लाख ५५ हजार तलब पाइने भन्दै तीनैजनाले पीडितबाट रु ६३ लाख ठगी गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। रकम लिएपछि सम्पर्कविहीन भएको भनी…
Read More
वैदेशिक रोजगारीमा जाने चितवनबाट उच्च

वैदेशिक रोजगारीमा जाने चितवनबाट उच्च

भरतपुर- श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरू मध्ये चितवन पहिलो रहेको छ। बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यस वर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन्। श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताए। ‘चितवनबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिया, बेलायतलगायतका युरोपका देशमा जानेको सङ्ख्या बढी छ’, उनले भने, ‘विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो’, उनका अनुसार ‘भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार पाँच सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन्।’ आर्थिक वर्ष २०७९र२०८० मा नेपालबाट सात…
Read More
शाश्वतधाममा घडियाल काव्य उत्सवको तेस्रो संस्करण हुँदै

शाश्वतधाममा घडियाल काव्य उत्सवको तेस्रो संस्करण हुँदै

देवचुली- काव्यमार्फत् प्रकृति संरक्षणको मुद्धालाई बुलन्द पार्न २०७५ सालमा सुरु भएको घडियाल काव्य उत्सवको तेस्रो संस्करण माघ अन्तिम साता हुने भएको छ । पूर्वी नवलपरासीको देवचुलीमा रहेको आभानी मिडियाद्वारा संचालित १०३.८ ह्याप्पी एफएमले घडियाल काव्य उत्सवको तेस्रो संस्करण आयोजना गर्न लागेको हो । नेपालकै पर्यटकीय गन्तव्यको रुपमा परिचित देवचुलीमा रहेको शाश्वतधाम परिसरमा यहि माघ २८ र २९ गते आयोजना गरिने घडियाल काव्य उत्सवमा लोपोन्मुख घडियाल गोही र प्रकृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । तेस्रो संस्करणका लागि संरक्षण शिक्षा, वातावरण संरक्षण, दिगो पर्यापर्यटन, जैविक विविधता, चरा–नदी पर्यटन, प्राकृतिक र साहित्यका विषयमा विभिन्न वक्ताहरुसँग प्यानल छलफल समेत गरिने कार्यक्रम संयोजक…
Read More
अर्किड उद्‌घोषण तारा उपाधि ग्रिनल्याण्ड स्कूललाई

अर्किड उद्‌घोषण तारा उपाधि ग्रिनल्याण्ड स्कूललाई

भरतपुर- भरतपुर १० स्थित अर्किड माविद्वारा १३ औ वार्षिकोत्सव मा आयोजित सप्ताहव्यापी अन्तरविद्यालय प्रतियोगिताको प्रारंभिक प्रतियोगिता अन्तरगत अर्किड उद्‌घोषण तारा  २०८० को उपाधि ग्रिनल्याण्ड विद्यालयले प्राप्त गरेको छ । प्रतियोगीतामा द्धितीय उपाधि लिटिल फ्लावर नारायणगढ, तृतीय उपाधि स्काइराइडर स्कुल रत्ननगर र सान्त्वना उपाधि सनराइज मावि भरतपुरले प्राप्त गरेका छन् । प्रतियोगितामा विजयी सबैलाइ पदक र ट्रफी संगै सहभागिलाई प्रमाणपत्र विद्यालयका कार्यकारी निर्देशकले आकाश पौडेलले प्रदान गर्नुभयो। कार्यक्रममा उज्यालो नेपाल मिडियाका अध्यक्ष निराजन घिमिरे र रेडियोकर्मी एवम अधिवक्ता तारा न्यौपाने निर्णायक हुनुहुन्थ्यो । कार्यक्रमलाइ उपासना कंडेल र प्रेजिया कार्कीले सहजीकरण गरेका थिए। उक्त अवसरमा अर्किड उद्‌घोषण तारा अर्किड माविको मौलिक कार्यक्रम…
Read More
इन्टरपोलले जारी गर्‍यो अमला रोकाविरुद्ध पक्राउ नोटिस

इन्टरपोलले जारी गर्‍यो अमला रोकाविरुद्ध पक्राउ नोटिस

काठमाडौं - सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोकाविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सन्जाल इन्टर पोलले नोटिस जारी गरेको छ । ६१ केजी सुन तस्करी प्रकरणमा फरार उनीलाई नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । उनी यो प्रकरणमा पक्राउ परेका दावा छिरिङकी श्रीमती हुन् । बेल्जियम नागरिक छिरिङ ठमेलस्थित होटल भियनाका सन्चालक हुन् । भन्सार पास भइसकेको ब्रेक सुमा लुकाएर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभागले उक्त परिमाणको सुन बरामद गरेको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.