आज मितिः २०८३ बैशाख ९ गते

हुलाक सेवाका दरबन्दी खारेज

Uddar News

काठमाण्डौं-

सरकारले केन्द्रीय धनादेश र टिकट व्यवस्थापन तथा ‘फिलाटेलिक’ कार्यालय खारेज गरेको छ। मन्त्रिपरिषद्को बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने, हुलाकको सङ्गठन संरचना परिवर्तन गर्ने र एक हजार छ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले जानकारी दिएको हो ।

 

बैठकले विद्युतीय सुशान आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छभने गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण ९पहिलो संशोधन० निर्देशिका २०८०, स्वीकृत गरेको छ।

 

बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरी निवासी डा परशुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारकर्मीहरूलाई बताईन्।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.