आज मितिः २०८१ फाल्गुन २ गते

अर्किड उद्‌घोषण तारा उपाधि ग्रिनल्याण्ड स्कूललाई

भरतपुर-

भरतपुर १० स्थित अर्किड माविद्वारा १३ औ वार्षिकोत्सव मा आयोजित सप्ताहव्यापी अन्तरविद्यालय प्रतियोगिताको प्रारंभिक प्रतियोगिता अन्तरगत अर्किड उद्‌घोषण तारा  २०८० को उपाधि ग्रिनल्याण्ड विद्यालयले प्राप्त गरेको छ ।

प्रतियोगीतामा द्धितीय उपाधि लिटिल फ्लावर नारायणगढ, तृतीय उपाधि स्काइराइडर स्कुल रत्ननगर र सान्त्वना उपाधि सनराइज मावि भरतपुरले प्राप्त गरेका छन् । प्रतियोगितामा विजयी सबैलाइ पदक र ट्रफी संगै सहभागिलाई प्रमाणपत्र विद्यालयका कार्यकारी निर्देशकले आकाश पौडेलले प्रदान गर्नुभयो। कार्यक्रममा उज्यालो नेपाल मिडियाका अध्यक्ष निराजन घिमिरे र रेडियोकर्मी एवम अधिवक्ता तारा न्यौपाने निर्णायक हुनुहुन्थ्यो । कार्यक्रमलाइ उपासना कंडेल र प्रेजिया कार्कीले सहजीकरण गरेका थिए।

उक्त अवसरमा अर्किड उद्‌घोषण तारा अर्किड माविको मौलिक कार्यक्रम रहेको जनाइएको थियो, कार्यक्रम संयोजक एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतिक्षा श्रेष्ठका अनुसार वार्षिकोत्सवको पूर्व सन्ध्यामा विद्यालयले सधै झै सप्ताहव्यापी रूपमा अन्तरमावि उद्‌घोषण तारा, साइकल दौड प्रतियोगिता, हाजिरजवाफ,कला सामाग्री र क्वाड च्याम्पियन कार्यक्रम राखेको जानकारी गराउनुभयो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.