काठमाण्डौं-
यूरोप अमेरीका जान दुवइमा युवाहरुको भीड नै लागेको छ । भिजिटमा नेपालबाट दुबई आउने र यहाँ चार पाँच महिना बसे पछि यूरोप र अमेरीका छिर्ने क्रम बढ्दो छ ।
वैदेशिक रोजगार विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्राको परामर्श सम्बन्धी सूचना जारी गरे पनि एयरपोर्ट सेटिङ भने रोकिएको छैन ।
दुबईमा भिजिटमा आएर काम खोजेर गर्नेको संख्या पनि उत्तिकै छ । मेन पावरबाट आउँदा काम धेरै गर्नु पर्ने तलब सुविधा कम भएकोले पनि भिजिटमा आएर काम खोजि गरि बस्ने गरेका छन् । भिजिटमा आउनेहरुलाई त्यसैले एअरपोर्टमा कडाई गरिएता पनि सेटिङ भने रोकिएको छैन । एअरपोर्ट भित्र प्रहरीको अनुसन्धान टोलीले आधा घण्टा सोधपुछ गरे पनि अन्तत उ छिरेको नै हुन्छ ।
भित्रका कर्मचारीहरुलाई बाहिरका विचौलीयाहरुले नाम लिस्ट नै पठाएका हुन्छन् । अनुसन्धानबाट छिर्ने वितिकै अध्यागमनसम्म सेटिङ भई सकेको हुन्छ र उ सजिलै जहाज चढ्छ । यता आएका मध्ये २० प्रतिशत युवाहरुलाई आफन्त वा राम्रो काम गर्नेहरुले एअरपोर्ट देखि वासस्थानसम्म पु¥याउँछन् ।
दुबईमा नै कामको लागि आएकाहरु सबै भन्दा बढि ठगिने गरेका छन् । नेपालमा २ देखि ३ लाखसम्म बुझाउने र यहाँ भिषा पनि लगाउने भनि आएका हुन्छन् तर यहाँ उसको मान्छे अब सम्पर्क विहिन हुन्छ र उ पिडित बन्न शुरु गर्छ ।
उता युरोप जानेहरु यहाँको भिषा लगाउन पनि ६ हजार दिराम देखि १३ हजार दिरामसम्म खर्च गर्छन् कतिपयलाई खान बस्न त्यसैबाट दिईन्छ त कतिपयलाई दिईन्न । उनिहरुको यो मनोमानिबाट पनि नेपालीहरु पिडित बनि रहेका छन् ।