आज मितिः २०८३ बैशाख १० गते

उद्दार अनलाईन

564 Posts
नेपाली सहयोगी हातहरुको अध्यक्षमा शिवाकोटी

नेपाली सहयोगी हातहरुको अध्यक्षमा शिवाकोटी

दुबई- दुबईमा स्थापित नेपाली सहयोगी हातहरुको अध्यक्षमा दीपक कुमार शिवाकोटी निर्विरोध निर्वाचित हुनुभएको छ । आईतवार रास अल खैमामा बृहत बनभोज तथा भेटघाट कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा विजय अधिकारी, महिला उपाध्यक्षमा विष्णुमायाँ पाण्डे, उपाध्यक्ष दीलबहादुर गुरुङ, महासचिव ओसिङ राना, सचिव विष्णु कुमाल, सह सचिव राम भण्डारी, कोषाध्यक्ष नर बहादुर थापा, सह कोषाध्यक्ष टेक बहादुर आले र सदस्यहरुमा तारा गुरुङ, जुनुमाया खत्री, नुन बहादुर आले, सिता नगरकोटी, माया मगर, विन्दु गिरी, ईश्वरी अर्याल र लक्ष्मी गैरे चयन हुनु भएको छ । नारायण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली समाज दुबईका वरिष्ठ उपाध्यक्ष कमल गिरीले…
Read More
कांग्रेस महासमिति बैठक आजदेखि

कांग्रेस महासमिति बैठक आजदेखि

काठमाडौं- नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ। विसं २०७८ मङ्सिर २४ गते काठमाडौँमा सम्पन्न भएको १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य राजधानी आइपुगेका छन्। ललितपुरको गोदावरीस्थित सन्राईज हलमा आज दिउँसो १ बजे पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ। राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता ! स्वतन्त्रता, न्याय र समानता !! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता। भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता हुँदैछ। महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य…
Read More
फर्निचरमा आगलागी, १० लाखको क्षति

फर्निचरमा आगलागी, १० लाखको क्षति

काठमाडौँ - काठमाडौँको जडीबुटी स्थित एक फर्निचरमा आगलागीहुदाँ करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । शुक्रवार साँझ अमृत शाहीको स्टोरमा आगलागी भएको हो । चार वटा दमकल प्रयोग गरेर सुरक्षाकर्मीले आगो निभाएका छन् । फर्निचर गोदाममा पहिला रेस्टुरेन्ट सञ्चालनमा थियो । यसअघि त्यहाँ सञ्चालित ‘स्वागतम खाजा घर एण्ड रेस्टुरेन्ट’ बन्द गरेर शाहीले फर्निचर स्टोर राखेको प्रहरी वृत्त नयाँ बानेश्वरका एजकना अधिकृतले बताए । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन ।  
Read More
रोल्पामा ट्याक्टरबाट लडेर बालकको मृत्यु

रोल्पामा ट्याक्टरबाट लडेर बालकको मृत्यु

दाङ- रोल्पामा गुडिरहेको ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार रोल्पामा लु्ङ्ग्री गाउँपालिका – ३ धनेखर्कबाट वडा नं. २ को सिर्प तर्फ जाँदै गरेको लु ४ त ६७१ नम्बरको ट्याक्टरबाट लड्दा लुङ्ग्री गाउँपालिका – २ सिर्पका ६ वर्षीय सन्दिप खड्काको मृत्यु भएको हो।   गुडिरहेको बेला एक्कासी ट्याक्टरबाट खस्दा गम्भीर घाइते भएका सन्दीपको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरबाट थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता इन्स्पेक्टर रामनारायण गुत्ताले जानकारी दिए। उनको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो घाउ चोट लागेको थियो।      
Read More
हङकङको कमाइ गाउँमा समाज सेवा

हङकङको कमाइ गाउँमा समाज सेवा

मोरङ- रोजगारीका लागि हङकङ पुगेका मोरङ उर्लाबारीका याम सेम्बु लगायत युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५ लाख ५० उपलब्ध गराएका थिए । सो रकमले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ । कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए । विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको…
Read More
बुटवलको सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

बुटवलको सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

बुटवल- बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ। सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो। अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेलाई शुक्रबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ। दुर्गा लामो समय बुटवलस्थित केन्द्रीय कार्यालयमै कार्यरत थिइन्। यो सहकारीका संस्थापक अध्यक्ष जिबी राई हुन्। उनी २०७८ सालसम्म अध्यक्ष थिए। रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको एक अर्ब ७ करोड ८२ लाख हिनामिना भएको भन्दै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको…
Read More
बेलायतमा नेपाली “नटवरलाल” गोर्खाले ठगे विद्यार्थीको हजारौँ पाउण्ड

बेलायतमा नेपाली “नटवरलाल” गोर्खाले ठगे विद्यार्थीको हजारौँ पाउण्ड

लण्डन । बेलायत आउनुअघि शैक्षिक कन्सल्टेन्सीको ठगी त छँदै थियो, यहाँ आइसकेपछि पनि नेपाली विद्यार्थी ठगिने क्रम रोकिएको छैन । एगंलिया रस्किन युनिभर्सिटी, क्याम्ब्रीजमा ह्युमन रिसोर्स म्यानेजमेन्ट कोर्समा मास्टर्स गरिरहेकी जयसवाल थरकी विद्यार्थी सयौँमध्ये एक पीडित हुन् । उनले ब्रिटिस आर्मीमा कार्यरत २७ वर्षीय विशाल राईलाई सामाजिक सञ्जालमा भेटिन् जसले नेपालको बैङ्कमा पैसा डिपोजिट गरिदिए यूकेमा पाउण्ड दिने विज्ञापन गरिरहेको थियो । ती विद्यार्थीले विश्वास गरेर यूनीको अर्जेन्ट फि तिर्न विशाललाई सम्पर्क गरिन् । उसले भने अनुसार नेपालमा दुई लाख रुपैयाँ पनि डिपोजिट गर्न लगाइन् । नेपालमा पैसा हालेपछि यता पाउण्ड माग्दा विशालले आलटाल गर्न थाल्यो । २(४ दिन छैन,…
Read More
चितवनको रत्ननगरमा हाेटल व्यवसायी महासंघकाे केन्द्रीय साधारण शभा

चितवनको रत्ननगरमा हाेटल व्यवसायी महासंघकाे केन्द्रीय साधारण शभा

चितवन - चितवनकाे रत्ननगरमा हाेटल व्यवसायी महासंघ नेपालकाे ११ ओैं केन्द्रीय साधारण सभा शुक्रवार चितवनकाे रत्ननगरमा गरिएकाे छ ।   साधरण सभाकाे वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गरेका थिए । साे अबसरमा बाेल्दै उनले तीन तारे हाेटल सम्म प्रदेशकाे अधिकार भित्र रहने गरि पर्यटन ऐन ल्याउने तयारी गरिएकाे बताए । प्रदेश सरकारले भ्रमणबर्ष घाेषणा गरिसकेकाे भन्दै उनले भ्रमण बर्षलाई सफल बनाउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताए । कार्यक्रममा महासंघकाे अबधारणा राख्दै गर्दै अध्यक्ष दिनेश कुमार चुकेले देशभरी रहेका ८० हजार हाेटल तथा रेष्टुरेन्ट व्यवासयीकाे अधिकारका लागि सुरक्षाकाे प्रत्याभूति हुने गरि पर्यटन ऐन संशाेधन गर्नुपर्ने…
Read More
डीडीसीका महाप्रबन्धक झालाई कार्यकक्षमै कालोमोसो

डीडीसीका महाप्रबन्धक झालाई कार्यकक्षमै कालोमोसो

काठमाडौँ ।- क्रान्तिकारी युवा संगठन नेपालले उद्योग विकास संस्थान ९डीडीसी० का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो दलेका छन् । शुक्रवार क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कार्यकक्षमै कालोमोसो दलेको हो । झाले डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त गरेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताए । कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ ।  
Read More
प्रहरी हवल्दार जंगलमा मृत भेटिए

प्रहरी हवल्दार जंगलमा मृत भेटिए

रुपन्देही- डडेलधुरामा कार्यरत नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।   प्रहरीले भेट्दा शव सडिसकेको अवस्थामा रहेको पण्डितले बताए । ‘उनी काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिन्छ’, पण्डितले भने । ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको छ ।   ‘उनको मानसिक अवस्था ठीक रहेनछ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन् । जंगलमा खान नपाएर पनि मृत्यु भएको हुनसक्छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ’, पण्डितले बताए…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.