दाङ-
रोल्पामा गुडिरहेको ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार रोल्पामा लु्ङ्ग्री गाउँपालिका – ३ धनेखर्कबाट वडा नं. २ को सिर्प तर्फ जाँदै गरेको लु ४ त ६७१ नम्बरको ट्याक्टरबाट लड्दा लुङ्ग्री गाउँपालिका – २ सिर्पका ६ वर्षीय सन्दिप खड्काको मृत्यु भएको हो।
गुडिरहेको बेला एक्कासी ट्याक्टरबाट खस्दा गम्भीर घाइते भएका सन्दीपको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरबाट थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता इन्स्पेक्टर रामनारायण गुत्ताले जानकारी दिए।
उनको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो घाउ चोट लागेको थियो।