आज मितिः २०८३ बैशाख १० गते

फर्निचरमा आगलागी, १० लाखको क्षति

काठमाडौँ –

काठमाडौँको जडीबुटी स्थित एक फर्निचरमा आगलागीहुदाँ करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । शुक्रवार साँझ अमृत शाहीको स्टोरमा आगलागी भएको हो ।

चार वटा दमकल प्रयोग गरेर सुरक्षाकर्मीले आगो निभाएका छन् । फर्निचर गोदाममा पहिला रेस्टुरेन्ट सञ्चालनमा थियो । यसअघि त्यहाँ सञ्चालित ‘स्वागतम खाजा घर एण्ड रेस्टुरेन्ट’ बन्द गरेर शाहीले फर्निचर स्टोर राखेको प्रहरी वृत्त नयाँ बानेश्वरका एजकना अधिकृतले बताए । प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.