आज मितिः २०८३ भाद्र २९ गते

तीज पर्वको अवसरमा पशुपतिनाथका चारै ढोका खोलियो

काठमाण्डौ –

आज तीज पर्वको अवसरमा तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ ।यस क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्‍याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी, दोस्रो लाइन जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार, महास्नानघर अघिको १ नं ढोकाअघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकाशे पुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको र्‍याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने व्यावस्था गरिएको छ ।

त्यस्तै, तेस्रो तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका, राम मन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्व ढोकामा राखिएको र्‍याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिङ्गलास्थानमा रहेको ढोका हुँदै चार शिवालय–पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट चौसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन गरी उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाइएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.