आज मितिः २०८३ बैशाख १० गते

बुटवलको सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

बुटवल-

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।

अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेलाई शुक्रबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ। दुर्गा लामो समय बुटवलस्थित केन्द्रीय कार्यालयमै कार्यरत थिइन्।

यो सहकारीका संस्थापक अध्यक्ष जिबी राई हुन्। उनी २०७८ सालसम्म अध्यक्ष थिए। रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको एक अर्ब ७ करोड ८२ लाख हिनामिना भएको भन्दै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए।

संस्थापक अध्यक्ष एवं संरक्षक जिबी राई सम्पर्कविहीन छन्।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.