आज मितिः २०८३ बैशाख १० गते

प्रहरी हवल्दार जंगलमा मृत भेटिए

रुपन्देही-

डडेलधुरामा कार्यरत नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

 

प्रहरीले भेट्दा शव सडिसकेको अवस्थामा रहेको पण्डितले बताए । ‘उनी काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिन्छ’, पण्डितले भने । ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको छ ।

 

‘उनको मानसिक अवस्था ठीक रहेनछ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन् । जंगलमा खान नपाएर पनि मृत्यु भएको हुनसक्छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ’, पण्डितले बताए ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.