चितवन –
चितवनकाे रत्ननगरमा हाेटल व्यवसायी महासंघ नेपालकाे ११ ओैं केन्द्रीय साधारण सभा शुक्रवार चितवनकाे रत्ननगरमा गरिएकाे छ ।
साधरण सभाकाे वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गरेका थिए । साे अबसरमा बाेल्दै उनले तीन तारे हाेटल सम्म प्रदेशकाे अधिकार भित्र रहने गरि पर्यटन ऐन ल्याउने तयारी गरिएकाे बताए । प्रदेश सरकारले भ्रमणबर्ष घाेषणा गरिसकेकाे भन्दै उनले भ्रमण बर्षलाई सफल बनाउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताए । कार्यक्रममा महासंघकाे अबधारणा राख्दै गर्दै अध्यक्ष दिनेश कुमार चुकेले देशभरी रहेका ८० हजार हाेटल तथा रेष्टुरेन्ट व्यवासयीकाे अधिकारका लागि सुरक्षाकाे प्रत्याभूति हुने गरि पर्यटन ऐन संशाेधन गर्नुपर्ने बताए । कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष माधवकुमार नेपालले पर्यटन, जलश्राेत र कृषिबाट बर्तमान आर्थिक संकटका सामधान गर्न सकिने भन्दै उनले यस तर्फ सरकारकाे ध्यान जान आवश्यक रहेकाे बताए।
चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले पर्यटन विकासकाे लागि पूर्वधार निर्माण र गुणस्तरका ध्यान दिनुपर्ने बताए । महासंघमा बरिष्ठ उपाध्यक्ष शेर बहादुर थापाले स्वागत मन्तव्य राखेकाे साे कार्यक्रममा रत्ननगरका मेयर प्रलाद सापकाेटा, महासंघका संरक्षक अमृतबहादुर भूजेल, चितवन उद्योग संघका अध्यक्ष सुर्यप्रसाद न्याैपाने, गैरआवासीय नेपाली संघका उपमहासचिव साेमप्रसाद सापकाेटा, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
महासंघका अध्यक्ष चुकेकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा महासचिव शंकर भण्डारीले सञ्चालन गरेका थिए । साधारण सभामा ५५ जिल्ला ३०० बढी प्रतिनिधि र परिबेक्षक सहभागी छन् । साधारण सभामा कलंकी हाेटल व्यवसायी संघ, एकता हाेटल व्यवसायी संघ,संखुवासभा हाेटल व्यवसायी संघ, गाेरखा हाेटल व्यवसायी संघ, धनगढी हाेटल व्यवसायी संघ, धार्दिङ व्यवसायी महासंघ, जिल्ला हाेटल व्यवसायी महासंघ काठमाडाैं, हाेटल व्यवसायी महासंघ गण्डकी र बागमती प्रदेश समितिलाई सम्मान गरिएकाे छ ।