दुबई-
दुबईमा स्थापित नेपाली सहयोगी हातहरुको अध्यक्षमा दीपक कुमार शिवाकोटी निर्विरोध निर्वाचित हुनुभएको छ । आईतवार रास अल खैमामा बृहत बनभोज तथा भेटघाट कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा विजय अधिकारी, महिला उपाध्यक्षमा विष्णुमायाँ पाण्डे, उपाध्यक्ष दीलबहादुर गुरुङ, महासचिव ओसिङ राना, सचिव विष्णु कुमाल, सह सचिव राम भण्डारी, कोषाध्यक्ष नर बहादुर थापा, सह कोषाध्यक्ष टेक बहादुर आले र सदस्यहरुमा तारा गुरुङ, जुनुमाया खत्री, नुन बहादुर आले, सिता नगरकोटी, माया मगर, विन्दु गिरी, ईश्वरी अर्याल र लक्ष्मी गैरे चयन हुनु भएको छ ।

नारायण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली समाज दुबईका वरिष्ठ उपाध्यक्ष कमल गिरीले दुबईमा विभिनन क्षेत्रमा कार्यरत रहनु भएका नेपालीहरुलाई समस्या परेको बेला अहोरात्र सहयोग गर्दै आएको नेपाली समाज र नेपाली सहयोगी हातहरु दुबईको अग्र स्थानमा रहेको सहयोगी संस्था भएको बताउनु भयो । 
कार्यक्रममा अध्यक्ष शिवाकोटीले सन् २०१४ मा ९ जनाबाट स्थापना गरिएको यो संस्थाले नेपालमा विभिन्न क्षेत्रका विपन्न, गरीव दुखी र विरामीहरुलाई करीब १० लाख रुपैया सहयोग गरि सकेको र अब पनि गर्दै जाने बताउनु भयो । हाल १५ जिल्लाका साथिहरु जोडिनु भएकोमा अब ७७ जिल्लाकै साथीहरुलाई जोड्ने लक्ष्य रहेको पनि अध्यक्ष शिवाकोटीले जानकारी गराउनु भयो ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष विजय अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सूर्य गोतामे, डा. जितेन्द्र अर्याल, जगत क्षेत्री, चक्रपाणि तिवारी, मनिश पौड्याल, थमन बहादुर आले, राजु भुषाल, कलाकार अर्जुन न्यौपाने विशिष्ट अतिथि रहनु भएको थियो ।

औपचारिक कार्यक्रम पछि विभिन्न नेपाली गीतसंगीतमा नाचगान तथा प्रत्यक्ष लोक दोहोरी र युवाहरुले विभिन्न व्याण्डका गीतहरु प्रस्तुत गर्नु भएको थियो ।
