आज मितिः २०८३ बैशाख १० गते

चितवनको खैरहनीमा एक युवकको हत्या

चितवन-

चितवनको खैरहनी नगरपालिकामा २ चैनपुरमा एक जना युवकको हत्या भएको छ । मंगलबार करिब ७ बजे निर्माणधिन अवस्थामा रहेको हर्वल कम्पनीको पर्खालनजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनास्थलबाट मृतकको घर ५०० मिटर पूर्व रहेको छ । जिल्ला प्रहरी चितवनको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनास्थलमा फ्लोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.