आज मितिः २०८३ बैशाख १० गते

बाल सुधार गृहमा झडप हुँदा ३ जना घाइते

पोखरा-

पोखरामा रहेको एक बाल सुधार गृहमा झडप हुँदा तीनजना घाइते भएका छन् । पोखरा महानगरपालिका(१८ ग्यारजातीमा रहेको बाल सुधार केनद्रमा झडप भएको हो ।

 

खाना खान लाइन बस्ने क्रममा झडप भएको र बागलुङ, स्याङ्जा र म्याग्दीका ३ युवा घाइते भएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी सूर्य रानाले जानकारी दिए । उनीहरूमध्ये २ जनाको टाउकोमा चोट लागेको छ ।

 

‘उनीहरू मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । अनुसन्धान भइरहेको छ । अन्य कारण केही खुलेको छैन,’ रानाले भने ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.