आज मितिः २०८३ बैशाख ८ गते

उद्दार अनलाईन

564 Posts
एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने

एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने

काठमाण्डौं- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा ९एसइई०को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए। उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताए। ‘हामीले उत्तरपुस्तीका परीक्षण र अङ्क अभिलेखको काम सकेका छौँ। प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ। कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौँ’,…
Read More
जिल्ला स्तरीय गाँउखाने कथा प्रतियोगिता सम्पन्न

जिल्ला स्तरीय गाँउखाने कथा प्रतियोगिता सम्पन्न

चितवन नेपाल युवा रेडक्रस सर्कल, ओम शान्ति एकेडेमीले लोक साहित्य र नेपालि मौलिक शैलीको संरक्षण गर्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी, चितवन जिल्ला शाखासँगको समन्वयमा जेठ २६ गते शनिबार प्रथम जिल्ला स्तरीय अन्तर विद्यालय गाँउखाने कथा प्रतियोगिता सम्पन्न गरेको छ | नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला अन्तर्गत नेपाल युवा रेडक्रस सर्कल संयोजक श्री रत्न प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको उक्त कार्यक्रममा चितवन जिल्लाका संस्थागत एवं सामुदायिक गरि कुल ४० विद्यालयको सहभागिता रहेको थियो | सहभागी विद्यालयहरूलाई ४ विभिन्न समूहमा विभाजन गरी छनौट चरणबाट बिजेता र उप बिजेता समेटेर ८ विद्यालयहरूबिच प्रतियोगिताको अन्तिम चरण संचालन गरिएको थियो | प्रतियोगितामा रत्ननगर…
Read More
वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान हुन्छ- सभापति देउवा

वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान हुन्छ- सभापति देउवा

काठमाडौँ-   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न कांग्रेसले पहल गर्ने बताएका छन्। पार्टी निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नवनिर्वाचित कार्यसमितिसँग आज भएको भेटमा उनले वैदेशिक रोजगार व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि कांग्रेसले पहल गर्ने बताएका हुन्। सभापति देउवाले समस्याबारे पार्टीले संसद्मा समेत कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे। एशोसिएसनका अध्यक्ष दीपक थापाले एउटा म्यानपावर कम्पनीले वार्षिक एक सय श्रमिकलाई अनिवार्य रूपमा विदेश पठाउनुपर्ने सरकारको नीतिले समस्या भएको गुनासो गर्दै नीति पुनरावलोकनका लागि पहल गर्न सभापतिसमक्ष आग्रह गरे। उनले म्यानपावर कम्पनीले बैँक तथा वित्तीय संस्थामा राखेको धरौटी रकम धेरै भएकाले त्यसमा समेत…
Read More
मिर्गौलापीडित मुना पुलामी मगरको सहयोगार्थ ६० हजार रुपैयाँ हस्तान्तरण

मिर्गौलापीडित मुना पुलामी मगरको सहयोगार्थ ६० हजार रुपैयाँ हस्तान्तरण

युबराज कार्की शेखर काठमाडौँ नेपाली जनप्रगतिशील मञ्च क्षेत्रीय समिति साउदी अरेयिबा, हायलले दुवै मिर्गौलाले काम नगरी त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं–११, ज्यामजिमका रत्नमाया पुलामी मगर (मुना)को लागि करिब ६० हजार रुपैयाँ सहयोग गरेको छ । मुनाको घरको आर्थिक अवस्था कमजोर भई उपचारका लागि सहयोगको अपेक्षा गरेपछि सोही गाउँपालिका वडा नं–२ घर भई हाल साउदी अरेबिया हायलमा कार्यरत दीपेन्द्रबहादुर खत्रीको प्रस्तावलाई स्वीकार गर्दै सेवा नै धर्म हो भन्ने मूल नारालाई आत्मसात् गर्दै पीडितलाई राहत पु¥याउने उद्देश्यले रकम संकलन गरिएको थियो । नेपाली जन–प्रगतिशील मञ्च हायलका क्षेत्रीय अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य बलदेव मश्राङ्गी मगर र नेपाल…
Read More
अब गाँजा खेतीको नियमावलि बन्ने

अब गाँजा खेतीको नियमावलि बन्ने

काठमाडौं- गाँजा खेतीको औषधि प्रयोजनको लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरणका लागि नियमावलि बन्ने भएको छ । यस विषयलाई वैधानिकता दिन कानुनी वातावरण मिलाउने सम्बन्धमा समितिले बोलाएको छलफलमा गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी एक महिनाभित्र नियमावली बनाउने बताए । यसको आवश्यकताका लागि छलफल पर्याप्त भइसकेको भन्दै उनले गाँजा खेती अध्ययनमा पदभार ग्रहण गरेदेखि नै चासो दिएको बताए ।   छलफलमा सरकारको तर्फबाट मात्रै होइन प्रतिनिधि सभा सदस्य र नेपाल सरकार सचिवहरूले पनि गाँजाको औषधिजन्य उत्पादन र औद्योगिक प्रयोजनको लागि कानुन बनाएर खेती गर्नुपर्नेमा साझा धारण देखाए । अर्थमन्त्री वर्षमान पुनले…
Read More
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी, भोलि शफत लिने

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी, भोलि शफत लिने

काठमाडौं- भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो। एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। मोदीले भोलि साँझ ६ बजे शपथ लिनेछन्। उनी लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बनेका हुन्। सन् २०१४ देखि मोदी प्रधानमन्त्री छन्।  
Read More
रत्ननगरमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण

रत्ननगरमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण

रत्ननगर - चितवनको रत्ननगर नगरपालिका वडा नं. ५ झुवानीमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । नगर स्वास्थय केन्द्र टराैलीमा नियमित स्वास्थय परिक्षण गराउदै आएका  गर्भवती तथा सुत्केरी महिलाहरुका लागि मातृशिशु तथा पोषण कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको हो । स्वास्थ केन्द्रमा नियमित स्वास्थय परिक्षण गराएका  सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना र सरसफाइका लागि पालन गर्नु पर्ने नियमका बारेमा सचेत गराउदै नाैनी घ्यू ,अण्डा लगायतका सामाग्री हस्तान्तरण गरिएको  वडाध्यक्ष बालकृष्ण चापागाईले जानकारी दिए । गर्भवती तथा सुत्केरि महिला हरुको पोषण आहार व्यवहार परिवर्तन गर्ने लक्ष्यका साथ नाैनी घ्यू ,अण्डासहित, साबुन, टाबेल, लगाएतका सामाग्रीहरु  हस्तान्तरण गरिएको …
Read More
नेपाल यूएईसँग ४-० गोलले पराजित

नेपाल यूएईसँग ४-० गोलले पराजित

काठमाण्डौं- विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार यूएईसँग ४-० गोलले पराजित भएको छ। दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा भएको खेलमा यूएईले सुरुमै २ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा दबाब बनाएको थियो। नेपालले पहिलो हाफमा खेलमा फर्कने अवसर पाएपनि सदुपयोग हुन सकेन। ३५ औँ मिनेटमा सनिष श्रेष्ठले गरेको क्रसमा पहिलो बार नजिकै रहेका जिलेप्सीजङ कार्कीले बललाई गोलपोस्टको फ्रेममा प्रहार गर्न सकेनन्। नेपालले गरेको प्रहार दुईपटक बारमा लागेर फर्कियो। संजिव विष्टले गरेको हेड प्रहार पहिलो बारमा लागेर फर्कँदा विशाल बस्नेतले प्रहार गर्दा डिफ्लेक्ट हुँदै क्रस बारमा लागेर बाहिरिएको थियो। यूएईका हरिब सुहैलले १२ र १४…
Read More
आज कतै हावाहुरी कतै वर्षाको संम्भावना

आज कतै हावाहुरी कतै वर्षाको संम्भावना

काठमाडौ- जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । देशका केही क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   मधेस प्रदेशमा हावाहुरीको पनि सम्भावना छ…
Read More
११ देशका राजदूत फिर्ता बोलाइए

११ देशका राजदूत फिर्ता बोलाइए

काठमाडौं-   सरकारले विभिन्न ११ देशका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारले अमेरिकाका लागि राजदूत श्रीधर खत्री, भारतका लागि राजदूत डा। शंकरप्रसाद शर्मा, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि राजदूत डा.रामस्वार्थ राय, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता गरेको हो। यता पोर्चुगलका लागि नियुक्त भएका, तर जान नपाएका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रिपरिषद्ले बदर गरेको छ। कूटनीतिक स्रोतहरूका अनुसार सरकारले राजदूतहरूलाई एक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.