युबराज कार्की शेखर
काठमाडौँ
नेपाली जनप्रगतिशील मञ्च क्षेत्रीय समिति साउदी अरेयिबा, हायलले दुवै मिर्गौलाले काम नगरी त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं–११, ज्यामजिमका रत्नमाया पुलामी मगर (मुना)को लागि करिब ६० हजार रुपैयाँ सहयोग गरेको छ ।
मुनाको घरको आर्थिक अवस्था कमजोर भई उपचारका लागि सहयोगको अपेक्षा गरेपछि सोही गाउँपालिका वडा नं–२ घर भई हाल साउदी अरेबिया हायलमा कार्यरत दीपेन्द्रबहादुर खत्रीको प्रस्तावलाई स्वीकार गर्दै सेवा नै धर्म हो भन्ने मूल नारालाई आत्मसात् गर्दै पीडितलाई राहत पु¥याउने उद्देश्यले रकम संकलन गरिएको थियो ।
नेपाली जन–प्रगतिशील मञ्च हायलका क्षेत्रीय अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य बलदेव मश्राङ्गी मगर र नेपाल प्रगतिशील मञ्चका केन्द्रीय सदस्य नितेश कुँवर राणाको विशेष सक्रियतामा जन–प्रगतिशील क्षेत्रीय कमिटी हायलका सदस्यहरुलगायत साउदी अरेबिया हायल क्षेत्रलाई कर्मभूमि बनाएर बस्ने नेपाली दाजुभाइको विशेष सहयोगमा एक हजार ७२१ रियाल अर्थात् ५९ हजार ९१४ रुपैयाँ संकलन भएको थियो ।
जम्मा भएको रकम बिरामी रत्नमाया पुलामी मगर (मुना)को ग्लोबल आइएमईमा रहेको खाता नम्बर ३५८०७०१०००१६२९ मा सो रकम हस्तान्तरण गरिएको युवराज कार्की शेखरले जानकारी दिएका छन् ।
मुनाको उपचारका लागि बलदेव मश्राङ्गी मगरले १५० रियाल, अमृत थिङ्गले १००, शालिकराम पाण्डेले १००, लुसन श्रेष्ठले १००, आरबी लामाले १००, फाहाद ९साउदी नागरिक०ले १०० रियाल सहयोग गरेका छन् ।
यस्तै, विकास घलानले ६० रियाल, रामप्रसाद घलले ५५, अमर योन्जनले ५५, टेक बान्तवा राईले ५५, मनोज वाइवाले ५५, दिपेन्द्र गुरुङले ५५, भविन मगरले ५५ रियाल सहयोग गरेका थिए । यसैगरी, राम अयोध्या शाहले ५१ रियाल, दीपेन्द्र खत्रीले ५०, नितेश कुँवर राणाले ५०, धनुष मगरले ५०, जीवन तामाङले ५०, विश्व मुक्तानले ५०, नगेन लिम्बुले ५०, कुमार श्रेष्ठले ५०, सोनाम लामाले ५०, जीतबहादुर थापाले ५० रियाल सहयोग गरेका छन् ।
यस्तै, पवन चिरानियाले ३० रियाल, बिमल तामाङले ३०, जलालले ३०, पर्वत लिम्बूले २०, अफ्रोज आलमले २०, सुजन लम्सालले २०, राजन विकले २० र कुमारले १० रियाल गरी एक हजार ७२१ रियाल संकलन भएको थियो ।