आज मितिः २०८३ बैशाख ८ गते

जिल्ला स्तरीय गाँउखाने कथा प्रतियोगिता सम्पन्न

चितवन
नेपाल युवा रेडक्रस सर्कल, ओम शान्ति एकेडेमीले लोक साहित्य र नेपालि मौलिक शैलीको संरक्षण गर्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी, चितवन जिल्ला शाखासँगको समन्वयमा जेठ २६ गते शनिबार प्रथम जिल्ला स्तरीय अन्तर विद्यालय गाँउखाने कथा प्रतियोगिता सम्पन्न गरेको छ |

नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला अन्तर्गत नेपाल युवा रेडक्रस सर्कल संयोजक श्री रत्न प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको उक्त कार्यक्रममा चितवन जिल्लाका संस्थागत एवं सामुदायिक गरि कुल ४० विद्यालयको सहभागिता रहेको थियो |

सहभागी विद्यालयहरूलाई ४ विभिन्न समूहमा विभाजन गरी छनौट चरणबाट बिजेता र उप बिजेता समेटेर ८ विद्यालयहरूबिच प्रतियोगिताको अन्तिम चरण संचालन गरिएको थियो |

प्रतियोगितामा रत्ननगर नगरपालिकाका तीन विद्यालयहरू नर्थ पोइन्ट स्कूल, स्काई राइडर इंग्लिश स्कुल र प्यारागन इंग्लिश स्कूल क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्न सफल भएका थिए | बिजेता बिद्यार्थी एवं विद्यालयहरूलाई इच्छाकामना गाँउपालिका प्याब्सनका अध्यक्ष टंक त्रिपाठी, ओम शान्ति एकेडेमीका प्राचार्य तथा ने. यु. रे. स संरक्षक टेक बहादुर श्रेष्ठ, ओम शान्ति एकेडेमीका नेपाली विभाग प्रमुख रामजी भट्टराई, ने. यु. रे. स. अध्यक्ष भविशिखा श्रेष्ठ लगायतको उपस्थितिमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो |

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.