आज मितिः २०८३ श्रावण १ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझीलाई चार वर्ष कैद

Uddar News

काठमाडौं- 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ। जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र रु ४० हजार जरिवाना तोकेको हो।

न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र रु २० हजार जरिवाना तोकेको छ। उनीहरुलाई सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठितमा सो सजाय तोकिएको हो।

सोही मुद्दामा सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठित अपराधमा टेकनाथ रिजलालाई दुई वर्ष कैद र रु २० हजार जरिवाना तोकिएको छ। यस्तै केशवप्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङदेवा शेर्मा र टङ्क नारायाण पाण्डेलाई चार वर्ष कैद  तथा रु ४० हजार जरिवाना तोकिएको छ।

यसैगरी शमशेर मिया, हरिभक्त महर्जन, नीरञ्जनकुमार खरेल र नरेन्द्र केसीलाई एक वर्ष कैद र रु १० हजार जरिवाना तोकिएको छ।

को–को भए दोषी ठहर ?
अदालतले यस प्रकरणमा मुख्य योजनाकार र मतियारका रूपमा रहेका व्यक्तिहरूलाई फरक–फरक कसुरमा दोषी ठहर गरेको छ:

१. टोपबहादुर रायमाझी (पूर्व उपप्रधानमन्त्री) : सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)

२. बालकृष्ण खाण (पूर्व गृहमन्त्री) : सङ्गठित अपराधको ‘मतियार’ का रूपमा दोषी ठहर।

३. टेकनारायण पाण्डे (पूर्व गृहसचिव) : सरकारी लिखत किर्ते, सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)

४. इन्द्रजित राई (तत्कालीन गृहमन्त्री बादलका सल्लाहकार) : सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)

५. केशव प्रसाद दुलाल (बिचौलिया) : मुख्य योजनाकारको रूपमा ठगी, किर्ते र सङ्गठित अपराधमा दोषी।

६. टेकनाथ रिजाल (शरणार्थी नेता) : किर्ते र सङ्गठित अपराधको मतियारका रूपमा दोषी ठहर।

७. आङटावा शेर्पा :सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)

८. सानु भण्डारी : किर्ते, सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)

९. बेचन झा : ठगी

१०. निरञ्जन कुमार खरेल : ठगी तथा सङ्गठित अपराध मतियारका रूपमा

११. हरिभक्त महर्जन : ठगी तथा सङ्गठित अपराध मतियारका रूपमा

१२. नरेन्द्र केसी : ठगी, सङ्गठित अपराध (मतियार)

१३. शमशेर मियाँ : ठगी, सङ्गठित अपराध (मतियार)

१४. सन्देश शर्मा : सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)

१५. सागर राई : सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर).

१६. गोविन्द चौधरी : सङ्गठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)

१७. सानु भण्डारी (बिचौलिया): मुख्य योजनाकारको रूपमा ठगी, किर्ते र सङ्गठित अपराधमा दोषी।

-नेपाल समय

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.