आज मितिः २०८३ श्रावण १ गते

इंग्ल्यान्डलाई २–१ ले हराउदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा 

काठमाण्डौ –
विश्वकप फुटबलमा अर्जेन्टिनाले अन्तिम उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ गोलले हराएको छ ।

अमेरिकाको एटलान्टा रङ्गशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

खेलको ५५औँ मिनेटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि इंग्ल्यान्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास ग¥यो । तर अर्जेन्टिनाले लगातार दबाब बढाउँदै खेलको ८५औँ मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै पासमा लाउटारो मार्टिनेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जीत सुनिश्चित गरे । अन्तिम समयसम्म दबाब थेग्न नसकेको इंग्ल्यान्ड लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलबाटै बाहिरिएको छ भने अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुगेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.