आज मितिः २०८३ बैशाख १५ गते

रोल्पामा जातीय विभेदका आधारमा बालक र पुरुषमाथि निर्घात कुटपिट

काठमाण्डौ –

रोल्पामा दलित भएकै कारण एक बालक र एक पुरुषमाथि कुटपिट भएको छ। जिल्लाको गंगादेव गाउँपालिका–५, फूलबासका भीमबहादुर खत्रीले सोही स्थानका ११ वर्षीय खगेन्द्र विक र गोपाल विकमाथि धारिलो हतियार प्रयोग गरी निर्घात कुटपिट गरेका हुन्।

 

खत्रीले जातका आधारमा अपशब्द प्रयोग गर्दै ती बालक र पुरुषमाथि आक्रमण गरेका थिए। धारिलो हतियारको प्रहारबाट पीडितहरू घाइते भएका छन्। २१औँ शताब्दीमा पनि जातीय अहंकारका कारण एउटा अबोध बालक र नागरिकमाथि भएको यो आक्रमणले सामाजिक सुरक्षा र मानवतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

 

यस अमानवीय घटनालाई लिएर सामाजिक सञ्जाल र नागरिक स्तरमा चर्को विरोध भइरहेको छ। घटनाका सम्बन्धमा निम्न मागहरू राखिएका छन ।

निष्पक्ष छानबिनस् घटनाको गहिरो अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने।

कानुनी कारबाहीस् दोषी भीमबहादुर खत्रीलाई प्रचलित कानून बमोजिम कडाभन्दा कडा सजाय हुनुपर्ने।

न्याय र उपचारस् पीडित बालक र पुरुषलाई तत्काल उचित उपचारको व्यवस्था र न्याय सुनिश्चित गरिनुपर्ने।

सामाजिक सन्देश- जातका आधारमा गरिने यस्तो हिंसा सभ्य समाजका लागि कलंक हो। समाजमा अझै पनि जरो गाडेर बसेको जातीय विभेदले विशेष गरी बालबालिकाको सुरक्षामा गम्भीर खतरा निम्त्याएको छ। स्थानीय प्रशासन र अधिकारकर्मीहरूले यस घटनामा तत्काल सक्रियता देखाउन आवश्यक देखिएको छ।

जूनतारा खबर

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.