चितवन-
बाबु छोरा हुनु त तिमी जस्तो । जसलाई मैले ठूलो हुदाँ पनि सानै देख्थे कराउँथे अनि उसले पनि म जहाँ गए पनि तपाई मेरै साथमा हुनुहुन्छ नि आमा भन्थ्यो तर हुन सकेन । अध्ययन गरेकि बुहारी थिईन साह्रै मायाँ गरिन् सुरुका दिनमा जब विदेश जाने बेला भो सबै माया मोह तोडियो बाबु । उनका आँखा भरिका आँसु सुजिन्द्र थापाले पुछि दिदै भने, आमा चिन्ता नगर्नुस तपाईलाई यहाँ कुनै अप्ठेरो त छैननी त्यसैले म त महिना कै एक पटक जस्तोे आएर भेट्छु नि त ।
समय थियो मातातिर्थ औसीको थापाले आफ्नी आमा देव कुमारी थापा र श्रीमती मधु माया थापाको स्मृतिमा देवघाटमा करिब २०० वृद्धाहरुलाई बिहानको नास्ता तथा खानाको बेवास्ता गर्नु भएको थियो बैशाख ४ गते ।
आमा १४ वर्ष र श्रीमती ४ वर्ष पहिले बित्नु भएको थियो । वहाँको जन्मदिन होस् या औँसी कुनै पर्वमा अनिवार्य वहाँले आश्रममा बसेका बृद्धाहरुलाई भोजन गराउँदै आउनु भएको छ । जब सुजिन्द्र थापा, रामेश्वर केसी, रामहरि केसी र म स्वयं रोटरी करुणालय बृद्धाश्रम छिरीयो त्यहाँ बृद्धाहरुलाई खाना खुवाउने, लत्ताकपडा वितरण गर्ने , जुस तथा खिरको व्यवस्था गर्ने समाजसेवीहरु देखिनु हुन्थ्यो । बृद्धाहरु खुशी भन्दा पनि दुखी अनुहारमा प्राय देखिनु हुन्थ्यो । सायद त्यहाँ आएका साना नानीबाबुहरु र युवाहरुलाई देख्दा आप्mना सन्ततिहरुको अनुहार झलझली देखि रहनु भएको थियो होला ।

सुजिन्द्र थापालाई प्राय सबै त्यहाँका बा आमाहरुले चिन्नु हुदो रहेछ । थापाले अमेरीका, अष्ट्रेलीया तिर रहनु भएका आप्mना भाई, छोराहरुलाई भिडिओ कल गरेर देखाउँदै कुरा गराउँदै हुनुहुन्थ्यो । थापाले १०४ बर्षकी अर्कि आमालाई भेट्न नपाए पछि खल्लो मान्दै सबैलाई राम्रोसंग बस्न र आफू फेरी आउने बताउनु भयो ।
रोटरीको तल र माथि गरेर करीब त्यस दिन २०० जतिले भोजन गर्नु भएको थियो । बृद्धाहरुलाई भोजनको लागि चितवन, गोर्खा, तनहूँ, पोखरा, बागलुङ लगायतका स्थानबाट आउनु भएको थियो ।

जीवन देखाउने र सन्तानको भविष्य कोर्ने आफ्नै जन्म दिने आमा र बाबुलाई बृद्धामसम्म पु¥याउने र आफू विदेशमा सयर गर्ने छोराछोरीले अहिले त मोजमस्ति गर्लान तर तिनिहरुको मरण भने सहज नहुने बताउनुहुन्छ समाजसेवी द्धय रामेश्वर केसी र रामहरि केसी ।
सुजिन्द्र हेल्प सोसाइटी जमुनापुरको संस्थापक देखि हालसम्म कोषाध्यक्ष हुनुहुन्छ ।
सामाजिक क्षेत्रमा अग्रणी नाम बनाएका सुजिन्द्र थापा समाजमा पनि सबैको प्रिय व्यक्ति हुनुहुन्छ । वहाँको २ छोरा विदेशमा रहनु भएको छ