आज मितिः २०८३ बैशाख ९ गते

चितवन उद्योग संघको ७ दिने राराको औद्योगिक अवलोकन भ्रमण शुरु

चितवन –

चितवन उद्योग संघको १८ औं कार्यसमितिको दुईवर्षे कार्ययोजना तर्जुमा गोष्ठीबाट तय भएको संस्थागत सम्बन्ध तथा भ्रमण विभागको आयोजनामा चितवनका उद्योगीहरुलाई पुनर्ताजगीकरणको लागि मुगुको रारा सहित कर्णाली प्रदेशको औद्योगिक अवलोकन भ्रमण शुरु गरिएको छ ।

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको नेतृत्व र चितवन उद्योग संघका उपाध्यक्ष एवम् संस्थागत सम्बन्ध तथा भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईको संयोजनमा शुरु भएको भ्रमणमा २३ जनाको सहभागिता रहेको छ ।

भ्रमण टोलीमा चितवन उद्योग संघका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु अन्तोष बमजन, रामहरि कँडेल, सुरेन्द्र कार्की, प्रकाश पौडेल, चितवन उद्योग संघका पूर्व कार्यसमिति सदस्यहरु युवराज पाठक, अम्बर बहादुर अधिकारी, गोविन्द अर्याल, चन्द्रकान्त सुवेदी, सुधा सवेदी पौडेल, संघका सदस्यहरु महोदत्त सापकोटा, टिकाराम कँँडेल, कपिल खनाल, बिना खरेल, युविना पाठक, हिमा अर्याल, घनादेवी कँडेल सापकोटा, केशवती पोखरेल खनाल, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको सहभागिता रहेको थियो ।

बैशाख ०९ गतेदखि १५ गतेसम्म सञ्चालन हुने भ्रमणमा कर्णाली प्रदेशका औद्योगिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरिने चितवन उद्योग संघका उपाध्यक्ष एवम् संस्थागत सम्बन्ध तथा भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईले जानकारी दिनुभयो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.