आज मितिः २०८३ बैशाख ८ गते

विद्युत महसुल नतिर्ने चितवनका दुईसय ७७ जना कालोसूचीमा

Uddar News

चितवन-

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले विद्युत महसुल नतिर्ने चितवनका दुईसय ७७ जना कालोसूचीमा
राखेको छ। लामो समयसम्म विद्युत महसुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो।

उनीहरुबाट एक करोड चार लाख १७ हजार ३८१ बक्यौता उठान बाँकी रहेको केन्द्रका सूचना अधिकारी नन्दराम विष्टले जानकारी दिए। उनका अनुसार लामो समयसम्म बक्यौता नतिरेका उनीहरुलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको हो। केन्द्रले बक्यौता उठाउनका लागि यस आर्थिक वर्षमा एक हजार ८२६ जना ग्राहकको विद्युत लाइन काटेको छ। ६ महिनासम्म पनि विद्युत् महसुल नतिरेका ग्राहकको लाइन काटिएको उनले बताए।

केन्द्रमा हाल ७४ हजार ८७६ ग्राहक रहेका छन्। ती ग्राहकबाट ४९ करोड चार लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको उनले जानकारी दिए। बक्यौता असुलीका लागि कार्यालयले लाइन काट्ने, सेवाग्राहीलाई सूचित गर्नेलगायतका काम गरिरहेको उनले बताए। उनले भने, ‘बक्यौता असुलीका लागि कर्मचारीहरुले नियमित रुपमा काम गरिरहेका छन्।’

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.