आज मितिः २०८२ कार्तिक २३ गते

धान लगाइएको खेत बाढी पसेर बगर बन्यो

बागलुङ-

 

बागलुङको जैमिनी नगरपालिका–४ का डम्मरबहादुर सार्कीको जैमिनी नगरपालिका–१० सहेला फाँटमा रहेको नौ रोपनी धान लगाइएको खेत बाढी पसेर बगर बन्यो।

 

भर्खरै रोपेको धानसहितको खेत बाढीका कारण सखाप भएपछि सार्कीको निद्रा छैन। खेतमा कालुङखोला पसेपछि खेत बगरमा पणित भएको उनको भनाइ छ। २४ असारको राति कालुङखोलाको जलविद्युत् बगाउने गरी आएको बाढीले भर्खर धान रोपेको खेत कटान गर्नुका साथै बगर बनेको सार्कीको भनाइ छ।

 

सार्कीको मात्र होइन, कालुङखोला र ठेउलेखोलाको क्षेत्र नगरपालिका(१०, ९ र ४ मा रहेको भर्खर धान लगाइएको खेत बगर बनेको हो। जैमिनी नगरपालिकाका अनुसार सबैभन्दा बढी क्षति जैमिनी नगरपालिका–९, पैयुथन्थापमा भएको छ।

 

पैयुथन्थापमा मात्र एक सय ५० रोपनी धानखेत बगर बनेको जैमिनी नगरपालिका कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार अहिले नगरपालिकाको कृषि प्राविधिक, इञ्जिनियर र जनप्रतिनिधिको सक्रियतामा तथ्यांक संकलन भएको छ।

 

उनले नगरपालिकाभर तीन सय रोपनी धान लगाइएको खेत बाढीले क्षति पुर्‍याएको अनुमान गरिएको बताउँदै अहिलेसम्म एक सय ५० रोपनी धानखेतको क्षति भएको तथ्यांक संकलन गरिएको छ। अहिले जैमिनी नगरपालिका–९ मा मात्र एक सय ५० रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको र ५० रोपनी जग्गा पुनः खेतमा फर्काउनै नसक्ने गरी नदीले कटान गरेको सापकोटाले बताए।

 

अविरल वर्षाका कारण २४ असारको राति आएको बाढीले जैमिनी नगरपालिकाको कालुङखोला र ठेउलेखोला आसपासको धानखेत बगरमा परिणत गरेको र एक अर्बभन्दा बढीको क्षति पुर्‍याएको हो। कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्‍याएको छ।

 

एउटा जलविद्युत्‌गृह बगाएको, झण्डै तीन सय रोपनी खेतमा क्षति पुर्‍याएको र नौवटा सिँचाइ कुलोमा क्षति पुर्‍याएको जैमिनी नगरपालिकाले जनाएको छ। जलविद्युत् आयोजना बाढीले बगाउँदा पैयुथन्थापका एक सय २२ परिवार अन्धकारमा बस्न बाध्य भएका छन्। जैमिनी नगरपालिकाले क्षतिको विवरण संकलन गरिरहेको बताउँदै क्षतिको मूल्यांकनका आधारमा राहत दिने नगरप्रमुख नरबहादुर पुनले जानकारी दिए।

 

तत्कालका लागि धान रोप्न लाग्ने लागत किसानलाई दिनेगरी नगरपालिकाले तयारी गरेको छ, रोपनीका हिसाबले किसानलाई राहत दिने, कुलो मर्मत गर्ने कार्य तत्कालै गर्दछौँ,ु नगरप्रमुख पुनले भने, ुकिसानको खेतको क्षतिपूर्ति दिन त नगरपालिकाले नसक्ला तर यसपटक धान उब्जनीमा हुने गिरावटलाई ध्यानमा राखेर राहत दिने तयारीमा छौँ, सिँचाइ कुलो मर्मतमा नगरपालिकाको ध्यान जान्छ।ु (नेपाल समय

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.