आज मितिः २०८३ बैशाख ११ गते

पूर्वी चितवन स्पोर्टस क्लबको अध्यक्षमा सुरज न्यौपाने सर्वसम्मत चयन

चितवन –

रत्तनगर–३ मा रहेको पूर्वी चितवन कर्वडहलको सञ्चालक संस्था पूर्वी चितवन स्पोर्टस क्लबको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेसनबाट सुरज न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । शनिवार भएको तेस्रो अधिवेशनबाट न्यौपाने २ वर्षको लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

सो अधिवेशबाट वरिष्ठ उपाध्यमा कपिल श्रेष्ठ, उपाध्यक्षमा लोसान तमाङ्, सचिवमा महेश पाण्डे, कोषाध्यक्षमा श्यामकृष्ण शर्मा, सह–सचिवमा बद्र्री आचार्य, सह–कोषाध्यक्षमा आकाश श्रेष्ठ, सदस्यहरुमा क्रमशः ईश्वर श्रेष्ठ, लेख बहादुर पुन, बिष्णु श्रेष्ठ, सुस्मा भुजेल सर्वसम्मत चयन भएका छन् । १३ सदस्यि रहेको कार्यसमितिमा बाँकी २ जना भने कार्य समितिले मनोनयन गर्ने क्लबका अध्यक्ष न्यौपनेले जानकारी दिए ।

सो सभामा संस्थाका निर्वतमान अध्यक्ष राजकुमार पुरीले संस्थाको प्रगति प्रतिवदेन, कोषाध्यक्ष कपिल श्रेष्ठले आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका रत्तनगर नगरपालिका वडा नंं ३ का अध्यक्ष सोहिन्द्र राज खरेलले पूर्वी चितवनमानै सबैभन्दान ठूलो पूर्वी चितवन कर्वडहल रहेको र यो नगरकोनै सम्पतिको रुपमा रहेकाले क्लबले यस संस्थाको संरक्षण र प्रवद्धन उचित ढंगबाट गर्नुपर्ने बताए । उनले कवर्डहलको लागि जस्तोसुकै सहयोग पनि गर्न वडा तयार रहेको बताउदै नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरे ।

संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहाकार केवल न्यौपानेले कवर्डहल निमार्णको लागि महत्वपूर्ण चरणहरु पार भईसकेको बताउदै यसको दैनिक सञ्चालन र राष्ट्रिय स्तरको खेलको लागि समिति अबका दिनमा तल्लिन भएर लाग्नुपर्ने बताए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.