आज मितिः २०८३ बैशाख ५ गते

चितवनको एक मन्दिरमा सरसफाई गर्दा बम भेटियो

Uddar News

चितवन-

चितवनको कालिका नगरपालिका–३ मा एक ग्रिनेड बम फेला परेको छ । वडा नं। ३ को चतुर्मुखी थान मन्दिरमा पूजाआजाको लागी सरसफाई गर्ने क्रममा ग्रिनेट बम फेलापरेको कालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिए।

 

स्थानीयहरूले बम फेलापरेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले सो स्थानमा प्रहरी तैनाथ गरिएको छ।

 

 

 

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी प्रमुख डिएसपी रञ्जन अवाका अनुसार बम निष्क्रिय पार्नको लागी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ।

 

भोली उज्यालो भएपछि मात्र बमलाई निष्क्रिय बनाईने अवाले बताए। सो प्लास्टिक ग्रिनेड बम द्वन्द्व कालको समयमा लुकाएर राखिएको हुनसक्ने बताइएको छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.