आज मितिः २०८३ बैशाख ६ गते

दक्षिण कोरियामा ‘सैनिक शासन’ लागू भएको घोषणा

सोल दक्षिण कोरियाका राष्ट्रपति युन सुक(योलले देशमा सैनिक शासन सुरु भएको घोषणा गरेका छन्।

मंगलबार राति राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै राष्ट्रपति योलले यस्तो घोषणा गरेका हुन्।

उत्तर कोरियाको कम्युनिस्ट शक्तिबाट देशलाई जोगाउन आफ्नो देशमा सैनिक शासन लगाउनु परेको उनको दाबी छ।

सैनिक शासन लागू गरेपछि राष्ट्रविरोधी तत्त्वलाई देशबाट हटाउन पनि सकिने उनको जिकिर छ।

यद्यपि राष्ट्रपति युन सुक(योलले सैनिक शासन ९मार्सल ल० कहिलेसम्म लागू हुने भनेर खुलाएका छैनन्।

आपतकालीन अवस्थामा मात्र सैनिक शासन लागू हुने व्यवस्था छ।

विपक्षी लोकतान्त्रिक पार्टीले सैनिक शासन लागू गर्नु असंवैधानिक भएको टिप्पणी गरेको छ।

दक्षिण कोरियाको सञ्चारमाध्यमका अनुसार सेनाले सबै संसदीय कामकारवाही स्थगित गरेको घोषणा गरेको छ।

योनहाप समाचार एजेन्सीले सांसदलाई सभा भवनमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको‌ छ।

राजधानी सोलको विधानसभा भवन बाहिर ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरिएको छ।

दक्षिण कोरियामा सन् १९८० को दशकको अन्त्यमा सैन्य तानाशाही समाप्त भएपछि पहिलोपटक‍ मार्सल ल घोषणा गरेका हुन्।

मार्सल ल घोषणा गरे पनि नागरिक र राजनीतिक दलहरूका कुन अधिकार निलम्बित हुन्छन् भन्ने खुलाइएको छैन।

अब ‘सबै प्रकारका राजनीतिक गतिविधि’ माथि प्रतिबन्ध लगाएका द न्यूयोर्क टाइम्सले जनाएको छ।

सबै मिडिया पनि मार्सल लको नियन्त्रणमा रहने उल्लेख गरिएको छ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.