आज मितिः २०८३ बैशाख ६ गते

चितवनको देवघाटमा प्रहरीकै संरक्षणमा माटो तस्करी

चितवन –

चितवनको देवघाटमा प्रहरीकै संरक्षणमा माटो तस्करी भएको भन्दै आलोचना भइरहेको छ । भरतपुर महानगरपालिका– १ देवघाटधामबाट माटो तस्करी भएको स्थानीयले आरोप लगाएका छन् ।

राजनीतिक र प्रहरी, प्रशानका केही बिचौलियाको संरक्षणमा रहेका व्यक्तिहरूले भरतपुर लकुको एउटा हार्डवेयर कम्पनीमा माटो बिक्री गरेको रहस्य बाहिर आएको छ । माटो बिक्री गरेको रहस्य बाहिर आएपछि स्थानीयले विरोध गरेका छन् । तस्करीको माटो बोकेका टिप्परहरूलाई स्थानीयले बीच बाटोबाटै फर्काएका छन् । बिचौलिया र दलालहरूसँग मिलेर प्रहरीले नै माटो तस्करी गर्न दिएको आरोप स्थानीयले लगाएका हुन्।

बिचौलियासँग मिलेर माटो तस्करीको लागि सहयोग गरेको आरोप अस्थायी प्रहरी पोष्ट देवघाटका ईञ्चार्ज जितेन्द्र मिश्रलाई स्थानीयले लगाएका छन् । प्रहरीको मिलोमतोबिना माटो तस्करीको कुनै सम्भावना नरहेको स्थानीयले तर्क गरेका छन् ।

यता माटो बोकेका टिप्परका मालिकले भने प्रहरीको मौखिक आदेशको आधारमा माटो हार्डवेयर कम्पनीमा डम्पिङका लागि लगिएको बताएका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.