आज मितिः २०८३ बैशाख ५ गते

चेपाङ विद्यार्थीलाई रत्ननगर रोटरीको सहयोग

कालिका-

 

रोटरी क्लव अफ रत्ननगरले चेपाङ विद्यार्थीहरुलाई शैक्षिक तथा न्यानो कपडा सहयोग गरेको छ । कालिका नगरपालिका वडा नं ९ मा अबस्थित राष्ट्रिय आधारभूत विद्यालय लटौलीमा अध्यायनरत ११० जना चेपाङ विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित जाडोमा लगाउने न्यानो तथा लत्ता कपडा वितरण गरेको हो ।

 

लत्ताकपडा भने रोटरी क्लव अफ अष्ट्रेलीयले प्रदान गरेको हो । चेपाङ विद्यार्थीहरुलाई कपी, कलम, पेन्सिल, ईलेजर, जाडोको न्यानो कपडा, विद्यार्थीहरुलाई ब्ल्याङकेट प्रदान गरिएको रोटरी क्लव अफ रत्ननगरकी अध्यक्ष विरन्जना सापकोटा घिमिरेले जानकारी दिइन् । रोटरी क्लबले बालबालिकाका अभिभावकहरुलाई समेत सहयोग गरेको छ । चेपाङ समुदायका २० जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई ब्याल्यकेट, हाईजेनिक सेनिटरी प्यााड समेत वितरण गरिएको उनले जानकारी दिइन् ।

रोटरी क्वल अफ रत्ननगरले सन २००९ देखि उक्त विद्यालयमा भौतिक पूर्वाधार निर्माण, खानेपानी र चेपाङ विद्यार्थीहरुको शिक्षाको लागि बार्षिक रुपमा सहयोग गर्दै आएको छ । रोटरीले उक्त विद्यालयमा अध्यायन गर्ने चेपाङ विद्यार्थीहरुलाई एक बर्ष सम्म अभाव नहुने गरी एकमुष्ट रुपमा शैक्षिक सहयोग, न्यानो तथा लत्ता पकडा सहयोग गरेको अध्यक्ष सापकोटाले बताइन् ।

साथै अध्यक्ष सापकोटाले स्कुलको जिर्ण अवस्था देखेर रत्ननगर रोटरी क्लवले नजिकैको तीन गठ्ठा जग्गा किनेर त्यहाँको स्थानीय सरकार, प्रदेश सरकार सबै मिलेर तीन तलाको भवन बन्दै गरेको र छिटै नै भवन हस्तान्तरण गर्ने जानकारी दिईन् ।

कार्यक्रममा रोटरी क्लव अफ रत्ननगरका पूर्वअध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित पदाधिकारीहरु, प्राचार्य, स्पाउस क्लव अफ रत्ननगरका अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु, रोट्याक्ट क्लवका अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु, अष्ट्रेलीयन रोटरीका अध्यक्ष सहित पदाधिकारीहरुको उपस्थिति रहेको थियो । रोटरी क्वल अफ रत्ननगरकी अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम पूर्वअध्यक्ष विष्णुशर्मा भूषालले सञ्चालन गरेका थिए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.