आज मितिः २०८१ मंसिर २६ गते

रत्ननगर तेस्रो मेयर कपमा कालिकालाई १-० गोलले पराजित गर्दै राप्ती सेमिफाइनलमा

रत्ननगर-

पूर्वी चितवनको रत्ननगरमा जारी दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा राप्ती नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा कालिका नगरपालिकालाई १-० गोल अन्तरले पराजित गरि राप्ती नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा राप्तीका निसान तामाङ म्यान अफ दी म्याच घोषित भएका छन् । भोली मंगलबार भरतपुर महानगर र हेटौडा उपमहानगर बीच दोस्रो क्वाटर फाइनल खेल हुनेछ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१र०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगीता आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए ।

नेपाल माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा चितवनका सात, कमवानपुरका दुई र नवलपरासीको एउटा पालिका १० वटा टिमले सहभागिता जनाएको खेलकुल विकास समितिका संयोजक चौधरीले जानकारी दिए । खेलकुद क्षेत्रको विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयरकप आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ११ हजार १११, द्वितिय हुने टिमलाई १ लाख ५१ हजार १११ सहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिने नगर स्तरीय खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए । प्रतियोगितामा प्लेयर अफ द म्याच घोषित हुने खेलाडीलाई २ हजार ५०० र प्लेयर अफ द टुर्नामेन्ट घोषित हुने खेलाडीलाई १० हजार ५०० प्रदान गरिने उनले जानकारी दिए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.