काठमाडौं-
तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेको छ। त्यसैले पश्चिमको तुलनामा पूर्वमा बढी वर्षा हुने छ।
दुई दिनअघिदेखि काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ। आज बिहान पनि देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।