आज मितिः २०८३ बैशाख ५ गते

गृहमन्त्रीलाई गगनले उठाए संसद्‍मा प्रश्न

काठमाडौं-

 

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेकोमा गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै उनले प्रश्न उठाएका हुन्।

थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषी उम्कँदैन भन्ने आश्वस्त पार्नुपर्ने पनि बताए। उनले अघिल्लो सरकारले जहाँ टुंग्याएको छ, त्यसबारे जानकारी गराउनुपर्ने बताए।

 

गिरीबन्धु टी स्टेटका विषयमा अदालतले दिएको २०८० माघ २४ गतेको आदेश जुन सरकार आए पनि पालना गर्नुपर्ने उनले बताए। ुसरकारले गिरीबन्धु यो हुन्छ, त्यो हुन्छ होइन। एक्सन चाहियो। तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्‍यो। देशभरी जसले जग्गा दुरुपयोग गरेको छ, त्यो खोसिनुपर्‍यो,ु थापाले भने।

सांसद थापाले संघीय सरकारका मन्त्रीहरूलाई नागरिकले सेवा पाउने स(साना काम गर्न आग्रह गरे। मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गरिरहेको भन्दै उनले धेरै नबोली काम गर्न भनेका हुन्।
उनले अन्तमा भने, प्रधानमन्त्रीले पनि म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भनिराख्ने होइन। यो भन्नै पर्दैन प्रधानमन्त्रीले भ्रष्टाचार गर्नै पाउँदैन।’

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.