आज मितिः २०८३ बैशाख ५ गते

काठमाडौं जाँदै गरेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण

धादिङ-

पोखराबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७, आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो ।

 

पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौं आउँदै गरेको कैलास हेलिकोप्टर सर्भिसेजको नाइन एन–ए।एम।एल हेलिकोप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए ।

 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौंतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाए । रासस

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.