आज मितिः २०८३ बैशाख ५ गते

मासिक ७० हजार कमाई हुने भन्दै मौरिससमा पठाउने एकजना पक्राउ

काठमाडौं-

एक महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाइ हुने कुकको काममा लगाइदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मानब बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको गौरीघाटबाट मानब बेचबिखन गरेको आरोपमा झापाका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरेको हो ।
एसपी गौतम मिश्रका अनुसार उनले एक जना महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाइ हुने कुकको काममा लगाइदिने भनेर प्रलोभनमा पारेका थिए। केही समय काम गरेपछि ग्रिन कार्ड समेत पाइने प्रलोभनमा पारेपछि ती महिला मौरिसस जान तयार भएकी थिइन्।

 

महिलाले बुद्धिराज न्यौपानेलाई २ लाख ५० हजार रुपैयाँ बुझाएको एसपी मिश्रले बताए। उक्त रकम बुझाएपछि ती महिलालाई बुद्धिराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याए। त्यसबेला उनले मौरिसस लेखिएको क्याप समेत लगाउन दिएर फोटो खिचेर मौरिससका नागरिकलाई पठाएका थिए।

ती महिला २०८० माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुगिन्। विमानस्थलमा मौरिसियन पुरूषले त्यही क्यापको आधारमा चिनेर लिन आएका थिए। मौरिसियन नागरिकसँग गएपछि उनी मानब बेचबिखनमा परेको खुलेको हो।

ती मौरिसियन नागरिकले पीडित महिलालाई आफूले बुद्धिराज न्यौपानेबाट खरिद गरेको बताएका थिए। त्यसपछि ती महिलालाई दैनिक १७(१८ घण्टा काम गर्न लगाएको, समयमा खाना खान र तलब समेत नदिई श्रम र यौन शोषण गरेको खुलेको हो। केही समयपछि पीडित महिला त्यहाँबाट भागेर पोर्चुगल पुगेकी थिइन्।

त्यहाँ रहेका नेपाली नागरिकहरूको सहयोगमा उनी असार २० गते नेपाल फर्किएकी थिइन्। नेपाल फर्किएसँगै उनले ब्युरोमा जाहेरी दिएकी थिइन्।

जाहेरी परेपछि ब्युरोले उनलाई पक्राउ गरेको हो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.