आज मितिः २०८३ बैशाख ५ गते

सुनको मूल्य एक लाख ५० हजार भन्दा बढि

काठमाडौं-

सुनको मूल्य मंगलबार प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

साउन २१ गते छापावाल सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यो मूल्य यसअघिको उच्च थियो । मंगलबार सुनको मूल्य त्योभन्दा बढी कायम भएको हो ।चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.