आज मितिः २०८३ बैशाख ५ गते

मोरङको एक वनमा हात्तीको छावा मृत फेला

Uddar News

मोरङ-

मोरङको बेलबारी नगरपालिका–३, करमडाँडामा अन्दाजी तीनदेखि चार वर्षको हात्तीको छावा मृतावस्थामा भेटिएको छ ।

स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा मंगलबार बिहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले जानकारी दिए । छावाको मृत्युको कारण भने खुल्न नसकेको उनले बताए ।

सुनसरीस्थित कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थलमा आउने क्रममा रहेको जनाइएको छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.