अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउँदै लैजानु आजको प्रमुख आवश्यकता-मोहम्मद रमजान अली मियाँ
आज डिसेम्बर ३ अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस। यस ऐतिहासिक दिनको बारेमा भन्नू पर्दाअधिकार प्राप्तीका लागि स्वयं अपाङ्गता भएका व्यक्तिहरूको सक्रियतामा सन् १९७६ मा संयुक्त राष्ट्र संघले सन् १९८१ लाई “पूर्ण सहभागिता र समता” भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गरेको इतिहास पाइन्छ।त्यसपछि हरेक वर्ष डिसेम्बर ३ लाई यो दिवस मनाइदै आएको छ। संयुक्त राष्ट्रसंघ यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रबल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।आज यस ऐतिहासिक अवसरमा हाम्रो देश नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको…