आज मितिः २०८३ आश्विन १ गते

ताजा अपडेट

गायिका डली पार्टनको ८० वर्षको उमेरमा निधन

गायिका डली पार्टनको ८० वर्षको उमेरमा निधन

काठमाण्डौं - अमेरिकाकी प्रसिद्ध गायिका तथा गीतकार डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ । सामाजिक सञ्जालमार्फत उहाँको परिवारले निधनको जानकारी दिएको बीबीसीले जनाएको छ । सात दशक लामो संगीत यात्रामा पार्टनले १० ग्रामी अवार्ड जितेकी थिईन्। पार्टनको झण्डै सात दशक लामो सांगीतिक यात्रामा १० करोडभन्दा बढी रेकर्ड बिक्री भएका थिए । पार्टनले आफूलाई गायिकाभन्दा बढी गीतकारका रूपमा चिनाउँदै आएकी थिईन्। उनका गीतले देश संगीतसँगै ¥याप, रक, मेटल र आर एन्ड बी लगायतका विभिन्न विधामा प्रभाव पारेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डली पार्टनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
Read More
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

काठमाण्डौं- प्रधानमन्त्री वालेन्द्र शाहले आज बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१र८२ प्रस्तुत गर्नेछन्। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन् । त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।
Read More
टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अस्ट्रेलियन क्यापिटल मैदानमा

टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अस्ट्रेलियन क्यापिटल मैदानमा

काठमाण्डौं- अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी ९एसिटी०विरुद्ध खेल्दैछ । यी दुई टोलीबिचको खेल आज अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टोली दोस्रो जितको खोजीमा छ । नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो । पहिलो र दोस्रो खेलमा भने नेपालले क्रमशः नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो । यसैगरी एसिटीको टोली पहिलो जितको खोजीमा छ । उसले तीन खेल खेल्दा सबैमा हार व्यहोरेको छ । सेमिफाइनल सम्भावना कायमै राख्न आजको खेलमा नेपाल जित्नैपर्ने…
Read More
फ्रान्सले लगाउँदै छ विद्यालयमा मोबाइल फोन प्रतिबन्ध

फ्रान्सले लगाउँदै छ विद्यालयमा मोबाइल फोन प्रतिबन्ध

एएफपी- फ्रान्सले अबदेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ । फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि आउँदो महिनादेखि प्रतिबन्ध लागू गर्न लागेको हो । राष्ट्रपति इमानुएल म्याक्रोँकोले मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी बालबालिकालाई स्क्रिन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबाबको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । फ्रान्सको शैक्षिक सत्र आउँदो महिना सेप्टेम्बरमा सुरु हुने गर्दछ ।
Read More
मलेसियाको सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ कठोर

मलेसियाको सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ कठोर

काठमाण्डौं- मलेसिया श्रमिक पठाउने विषयमा भएको सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ कठोर भएर प्रस्तुत भएको छ । सङ्घले मलेसियामा श्रमिक पठाउनका लागि पछिल्लो पटक छनोट भएका २५ वटा वैदेशिक रोजगार कम्पनीविरुद्ध कठोर नीति लिएर छ वटामा तालाबन्दी गरेको हो । सङ्घले पत्रकार सम्मेलनमार्फत ‘रिक्रुटमेन्ट एजेन्सी’ मार्फत मलेसिया जाने नेपाली श्रमिकका लागि केही सीमित कम्पनी मात्रै सूचीकृत गरेर सिन्डिकेट गर्न खोजेको भन्दै यसको विरुद्धमा कठोर हुन बाध्य बनाएको जनाएको छ । सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले सिन्डिकेटमा नाम जोडिएका भनिएका २५ वटा कम्पनीसँग स्पष्टीकरण सोध्ने र आइतबार छ वटालाई कारबाही गरेर सुरुवात गरेको जानकारी दिए । सीमित कम्पनीलाई मात्रै रोजगारीको पहुँच…
Read More
आज कोशी, बागमती र गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना

आज कोशी, बागमती र गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज मङ्गलबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेशलगायत कोशी प्रदेशका तराई…
Read More
सर्वोच्चमा देउवा र खड्काले बुझाए महाधिवेशन रोक्ने रिट

सर्वोच्चमा देउवा र खड्काले बुझाए महाधिवेशन रोक्ने रिट

काठमाडौं- कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत रिट पेश गरेका छन्। आज देउवा र खड्काले अलग अलग रिट पेश गरेका हुन्। नेता खड्काले सर्वोच्चमा विचाराधीन मुद्दासँगै राखेर सुनुवाइ गर्न माग गर्दै पूरक रिट दर्ता गर्न निवेदन दिएका हुन्। त्यस्तै अर्का नेता दीपक खड्काले देउवाको तर्फबाट रिट पेस गरेका छन्। रिट अध्ययनको क्रममा रहेकोले दर्ता नभएको बुझिएको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार रिट अध्ययनकै क्रममा रहेका छन्। यसअघि देउवा पक्षले शुक्रबार पेश गरेको रिट भने फिर्ता लिएका थिए।
Read More
पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

चितवन । पुरुषोत्तम दुवाडी र प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक भएको छ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीतमा परदेशिएकी चेलीले गर्ने माइतीको सम्झना, चेलीका भावना र तीजको सांस्कृतिक पक्षलाई समेटिएको छ। गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ भने पुरुषोत्तम दुवाडीको शब्द र पुरुषोत्तम दुवाडी तथा जेबी ओलीको संगीत रहेको छ। थेगो उपेन्द्र दुवाडीको रहेको गीतलाई यम थापाले एरेन्ज गरेका छन्। गीतको रेकर्डिङ सुमन राना मगरले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ पनि कुमार राना मगरले गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो। ‘माईतीको सम्झना’को भिडियोमा रेजी बस्नेत, कमल अर्याल, तारा अर्याल…
Read More
हत्या गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

हत्या गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

काठमाडौं काठमाडौं महानगरपालिका-१० शंखमुल भ्याली ब्वाईज होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका-१७ घर भएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा सोही होस्टलमा बस्ने बारा कलैया उपमहानगरपालिका-३ घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही होस्टलमा १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले शुक्रबार बिहान कुटपिट तथा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका बसन्तको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ‍भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ वानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धानको लागि ५ जनालाई नियन्त्रणमा लिई हाल फरार प्रमितको खोजी गरिरहेको छ । यस सम्बन्धमा…
Read More
आज कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

आज कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शाखाबा अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर साधरणतया बादल लाग्नेछ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.