आज मितिः २०८३ भाद्र ६ गते

हत्या गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

काठमाडौं

काठमाडौं महानगरपालिका-१० शंखमुल भ्याली ब्वाईज होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका-१७ घर भएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा सोही होस्टलमा बस्ने बारा कलैया उपमहानगरपालिका-३ घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही होस्टलमा १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले शुक्रबार बिहान कुटपिट तथा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका बसन्तको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ‍भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ वानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धानको लागि ५ जनालाई नियन्त्रणमा लिई हाल फरार प्रमितको खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.