आज मितिः २०८३ आश्विन ३ गते

ताजा अपडेट

मसाज सेन्टरबाट आठ बालिकाको उद्धार

मसाज सेन्टरबाट आठ बालिकाको उद्धार

कास्कि- पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड क्षेत्रमा सञ्चालनमा रहेका स्पा वा मसाज सेन्टरहरूबाट आठ बालिकाको उद्धार गरिएको छ । मसाज सेन्टरहरूमा १८ वर्षमुनिका बालबालिकाहरूलाई काममा लगाउन नपाइने भए पनि सञ्चालकले त्यसको अटेर गर्दै उनीहरूलाई काममा लगाउने गरेका थिए। लेकसाइडस्थित स्पा सेन्टरहरूमा बालिकाहरूलाई काममा लगाइएको भन्ने गोप्य सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट अनुगमनका लागि खटिएको संयुक्त टोलीले १८ वर्षमुनिका आठ बालिकाहरूको उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार संयुक्त टोलीले पर्सल्यान स्पाबाट दुई, ताराहिल लज स्पा एन्ड ब्युटी केयरबाट दुई र इभेन्डर ब्युटी एन्ड स्पाबाट चार गरी आठजना बालिकाहरूको उद्धार…
Read More
श्रीलंका नेपालसंग ८-० गोलअन्तरले पराजित

श्रीलंका नेपालसंग ८-० गोलअन्तरले पराजित

काठमाडौं- एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८-० गोलअन्तरले पराजित गर्यो । नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् । उनले खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् ।   गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरे । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ४ गोल गर्यो । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं मिनेटमा गोल गरेका थिए ।   पहिलो खेलमा नेपालले लाओसलाई ९–०…
Read More
नागार्जुन नगरपालिकाका मेयर बस्नेतलाई आठ वर्ष कैद, दुई करोड बढी जरिबाना

नागार्जुन नगरपालिकाका मेयर बस्नेतलाई आठ वर्ष कैद, दुई करोड बढी जरिबाना

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार गरेको कसुरमा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित नगर प्रमुख मोहनबहादुर बस्नेतलाई ८ वर्षभन्दा बढी कैद सजाय र दुई करोड रुपैयाँभन्दा बढी जरिबाना हुने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार उक्त मुद्दामा अन्तिम सजाय निर्धारण गरेको हो। अदालतले बस्नेतसँगै व्यवसायी राजुप्रसाद कँडेल, पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिलाई पनि दोषी ठहर गर्दै कैद र जरिबाना तोकेको छ। अदालतले उनीहरूबीच नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लेनदेन भएको ठहर गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम घुस लिएको कसुरमा प्रतिवादी बस्नेत र घुस दिने कम्पनी पद्मा…
Read More
बढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ। वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।    
Read More
अमेरिकी भीसामा नयाँ नियम,सामाजिक सञ्जाल अनुगमन 

अमेरिकी भीसामा नयाँ नियम,सामाजिक सञ्जाल अनुगमन 

काठमाण्डौ-   संयुक्त राज्य अमेरिकाले विदेशीका लागि भिसा सम्बन्धी नयाँ शर्तहरु तोकेको छ ।   प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय भएको दाबी गर्दै काठमाडौंस्थित अमेरिकी राजदूतावासले ‘एफ’, ‘एम’ र ‘जे’ भिसा आवेदनकर्ताले आफ्नो सामाजिक सञ्जालका व्यक्तिगत खाता खुल्ला राख्नुपर्ने बताएको छ ।     अमेरिकी अध्यागमन कानुनअनुसार एफ भिसा विद्यालय र विश्वविद्यालय अध्ययनका लागि दिइन्छ । एम भिसा व्यावसायिक शिक्षा अध्ययनका लागि दिइन्छ भने जे भिसा सांस्कृतिक आदानप्रदान कार्यक्रममा जानेलाई उपलब्ध गराइन्छ ।   अमेरिकाले पछिल्लो समय त्यहाँ जान खोज्ने सबैको सामाजिक सञ्जाल परीक्षण गर्दै आएको जनाएको छ । उसले भिसा प्राप्त गरेपछि, अमेरिका पुगेपछि वा स्वदेश फर्केपछि…
Read More
ऐतिहासिक पुर्ख्यौलि पञ्चै नौमती बाजा प्रवर्धन तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न

ऐतिहासिक पुर्ख्यौलि पञ्चै नौमती बाजा प्रवर्धन तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न

चितवन- नेपाली मौलिक सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले परियार एकता समाज, चितवनको आयोजनामा “ऐतिहासिक पुर्ख्यौलि पञ्चै नौमती बाजा प्रवर्धन तथा स्रस्टा सम्मान कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।   कार्यक्रमका सभापति सुरज परियारले मन्तव्य दिंदै समाजले नेपाली संस्कृति र परम्पराको संरक्षणमा निरन्तर काम गर्दै आएको र भविष्यमा अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता जनाए।   कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले नौमती बाजा नेपाली संस्कृति र पहिचानको महत्वपूर्ण अङ्ग भएको बताउँदै यसको संरक्षणका लागि समाजको यस्तो पहल सराहनीय रहेको बताइन्।   विशिष्ट अतिथिका रूपमा महानगरका उप–प्रमुख चित्रसेन अधिकारी,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र सेन्ट्रल कलेजका…
Read More
भरतपुरमा यामाहाको एक्सचेन्ज मेला असार १५ देखि २० सम्म

भरतपुरमा यामाहाको एक्सचेन्ज मेला असार १५ देखि २० सम्म

भरतपुर - भरतपुरस्थित सिजी ल्याण्डमार्कको आडमा यमाहाको महाएक्सचेन्ज इभेन्ट आइतबारदेखि सुरु भएको छ । एक्सचेन्ज मेलाको चितवन अटोमोबाइल्स डिलर्स एशोसियसन (काडा)का अध्यक्ष राजन पियाले उद्घाटन गरेका हुन् । उक्त मेला असार २० गतेसम्म सञ्चालन हुने छ । महाएक्सचेन्ज इभेन्टमा विभिन्न अफर तथा सुविधाहरुको व्यवस्था गरिएको छ । नविन अटो सेन्टर नारायणगढका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले यमाहाको जतिसुकै पुरानो मोटरसाइकलको मूल्य न्युनतम ५० हजार रुपैयाँ कायम गरिने बताए । तर, त्यस्तो मोटरसाइकल चल्ने अवस्थाको हुनुपर्छ । अतिरिक्त मूल्य १० हजार रुपैयाँ कायम गरिएको उनले जानकारी दिए । ‘एक्सचेन्ज इभेन्टमा गेम जोन पनि राहेका छौँ । टेस्ट ड्राइभ गर्दै खेल्दा खेल…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द हुने

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द हुने

चितवन- चितवन राष्ट्रिय निकुञ्जले जीप सफारी बन्द हुने भएको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकोले सोमबारदेखि लागू हुनेगरी जंगल ड्राइभ बन्द गरेको बताएको हो । वर्षाको समय जंगली जनावरको लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा जाँदा जंगली जनावरको बासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जीप सफारी बन्द गरेको जनाएको छ ।   प्रशासनले जारी गरेको सूचना अनुसार वर्षायामको समयमा निकुञ्जको बाटोहरू पनि बिग्रिने बाढी आउने हुँदा पर्यटकहरूको सुरक्षाको समेत मध्यनजर गरिएको हो । निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यवसायीक जीप सफारी बन्द गर्ने गरेको छ । निकुञ्जले कहिलेदेखि…
Read More
आज पनि तीन प्रदेशमा भारी वर्षा, उच्च जोखिममा

आज पनि तीन प्रदेशमा भारी वर्षा, उच्च जोखिममा

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज पनि भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ। प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो आधारमा ती १२ जिल्ला बढी जोखिमा रहेको जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ। अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। पछिल्लो २४ घण्टामा…
Read More
चितवनको कालिका नगरपालिकामा विभिन्न कार्यक्रम सहित धमाधम धान रोपाइँ 

चितवनको कालिका नगरपालिकामा विभिन्न कार्यक्रम सहित धमाधम धान रोपाइँ 

चितवन- चितवनको कालिका नगरपालिकामा विभिन्न कार्यक्रम सहित धमाधम धान रोपाइँ गरिएको छ । कालिका नगपालिकाको नै आयोजनामा र अखिल नेपाल किसान महासंघ चितवनद्वारा आज कालिका नगरपालिका ३, पदमपुरमा पन्चे बाजा सहित धान रोपाइँ कार्यक्रम गरिएको हो । पदमपुर छुट्टा छुट्टै कार्यक्रममा कालिकाका मेयर विनोद रेग्मी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, कालिकाका उपमेयर बिमला तामाङ, पूर्व मेयर गोपी श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष कमल पाठक लगायत नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष सीपी अधिकारीको अध्यक्षतामा र प्रमुख अतिथि केन्द्रीय अनुशासन विभागका सम्भु सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने नगरपालिकाको कार्यक्रममा सूर्य किरण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.