आज मितिः २०८२ असार २५ गते

अमेरिकी भीसामा नयाँ नियम,सामाजिक सञ्जाल अनुगमन 

काठमाण्डौ-

 

संयुक्त राज्य अमेरिकाले विदेशीका लागि भिसा सम्बन्धी नयाँ शर्तहरु तोकेको छ ।

 

प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय भएको दाबी गर्दै काठमाडौंस्थित अमेरिकी राजदूतावासले ‘एफ’, ‘एम’ र ‘जे’ भिसा आवेदनकर्ताले आफ्नो सामाजिक सञ्जालका व्यक्तिगत खाता खुल्ला राख्नुपर्ने बताएको छ ।

 

 

अमेरिकी अध्यागमन कानुनअनुसार एफ भिसा विद्यालय र विश्वविद्यालय अध्ययनका लागि दिइन्छ । एम भिसा व्यावसायिक शिक्षा अध्ययनका लागि दिइन्छ भने जे भिसा सांस्कृतिक आदानप्रदान कार्यक्रममा जानेलाई उपलब्ध गराइन्छ ।

 

अमेरिकाले पछिल्लो समय त्यहाँ जान खोज्ने सबैको सामाजिक सञ्जाल परीक्षण गर्दै आएको जनाएको छ । उसले भिसा प्राप्त गरेपछि, अमेरिका पुगेपछि वा स्वदेश फर्केपछि पनि त्यस्ता व्यक्तिको सामाजिक सञ्जालको अनुगमन गरिने जानकारी यसअघि नै दिएको थियो ।

 

 

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘‘एफ’, ‘एम’ र ‘जे’ श्रेणीका अप्रवासी भिसाका लागि आवेदन दिने सबै व्यक्तिलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङलाई ‘सार्वजनिक’ मा परिवर्तन अनुरोध गरिन्छ । यसले पहिचान र अमेरिका प्रवेशयोग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउनेछ ।’

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.