आज मितिः २०८३ बैशाख ११ गते

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द हुने

चितवन-

चितवन राष्ट्रिय निकुञ्जले जीप सफारी बन्द हुने भएको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकोले सोमबारदेखि लागू हुनेगरी जंगल ड्राइभ बन्द गरेको बताएको हो ।

वर्षाको समय जंगली जनावरको लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा जाँदा जंगली जनावरको बासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जीप सफारी बन्द गरेको जनाएको छ ।

 

प्रशासनले जारी गरेको सूचना अनुसार वर्षायामको समयमा निकुञ्जको बाटोहरू पनि बिग्रिने बाढी आउने हुँदा पर्यटकहरूको सुरक्षाको समेत मध्यनजर गरिएको हो । निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यवसायीक जीप सफारी बन्द गर्ने गरेको छ ।

निकुञ्जले कहिलेदेखि जीप सफारी सञ्चालनमा आउँछ भन्ने यकिन जानकारी दिएको छैन । जारी गरेको सूचना अनुसार निकुञ्जमा जीप सफारी खुल्ने जानकारी अर्को सूचना आउने बताएको छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.