आज मितिः २०८३ बैशाख १९ गते

ताजा अपडेट

मकवानपुरमा बिजुलीको पोल ढल्दा वडा सदस्यको मृत्यु

मकवानपुरमा बिजुलीको पोल ढल्दा वडा सदस्यको मृत्यु

मकवानपुर- मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा एक जना वडा सदस्यको मृत्यु भएको छ। मंगलबार बकैया गाउँपालिका वडा नम्बर ७ मानदमारस्थित आफ्नै घर अगाडि हिँडिरहँदा बिजुलीको पोल ढलेर उनको मृत्यु भएको हो। मृतक सोही वडाका सदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। पोलले लाग्दा घाइते भएका तितुङलाई उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा आज बिहान ३ बजे मृत्यु भएको हो।
Read More
आधारभुत व्यूटिसियन तालिम सम्पन्न

आधारभुत व्यूटिसियन तालिम सम्पन्न

भरतपुर- उद्योग वाणिज्य संघ चितवनको तालिम कक्षमा आज आधारभुत व्यूटिसियन तामिलको समापन भएको छ । उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिका वडा नं १ को कार्यालयको सयुक्त आयोजनामा गरिएको तालिम सम्पन्न भएको हो । भरतपुर महानगरपालिका वडा नं १ का न्यून आर्थिक अवस्था भएका उद्यमी बन्न चाहाने महिलाहरूलाई लक्षित गरि उक्त तालिम आयोजना गरिएको थियो । समापन कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमानकुमार श्रेष्ठले सिकेको सिपलाई अधिकत्तम प्रयोग गरि आफैमा आत्मनिर्भर भई अर्थोपार्जनमा लगाउदै थप नयाँ कुरा सिक्न आग्रह गर्नु भयो । तालिमको समापन कार्यक्रममा वोल्दै भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष केशव महर्जनले सिक्ने इच्छाशक्ति भए केही पनी…
Read More
भासिएको सडक ६ महिनाभन्दा बढी भयो सरकार हेरेको हेरै- सांसद गौतम

भासिएको सडक ६ महिनाभन्दा बढी भयो सरकार हेरेको हेरै- सांसद गौतम

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले भासिएको सडक ६ महिनाभन्दा बढी हुँदा पनि सरकार टुलुटुलु हेरेर बसेको बताईन् ।   आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले साँखु–फड्केश्वर सडक खण्ड अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर २ शंखरापुर नगरपालिका- १ नाङलेमा सडक भासिएको ठाउँबाट कुनै पनि बेला पहिरोले त्यसमुनि रहेका गाउँमा क्षति पुग्ने र सवारी साधन खसेर ठुलो जनधनको क्षति हुने सम्भावना रहेको बताइन् ।   सांसद गौतमले भनिन–‘मैले यसरी सांसदबाट सरकारलाई ध्यानाकर्षण गराउँदा पनि त्यहाँको बाटो बन्दैन भने, त्यहाँ कुनै दुर्घटना भयो, जनधनको क्षति भयो, भने म सरकारलाई भन्छु कुनै दुर्घटनाबाट भएको मृत्यु हैन, त्यो राज्यद्वारा गरिएको हत्या…
Read More
आइतवारदेखि नारायणगढ–मुग्लिन सडक २४ सै घण्टा सञ्चालन हुने

आइतवारदेखि नारायणगढ–मुग्लिन सडक २४ सै घण्टा सञ्चालन हुने

चितवन- नारायणगढ–मुग्लिन सडक खण्ड भोलि आइतवारदेखि २४ सै घण्टा सडक आवागमन खुला हुने भएको छ । तुईन खोलामा पुल निर्माणका लागि कडा चट्टानी पहाड फुटाउने कार्य अन्तिम चरणमा पुगेकोले भोलिदेखि खुल्ला हुने आयोजना पश्चिम खण्डले जानकारी दिएको हो ।   नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड  नारायणगढ–मुग्लिनका प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरिएको हो । कूल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिन र अर्को एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो ।   काट्न बाँकी दुई मिटर पहाड सडक…
Read More
कपिलवस्तुमा विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

कपिलवस्तुमा विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

कपिलवस्तु- कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ। शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको हो । विद्यार्थीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले बताए। बुधबार मात्र १० जनाभन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक पोखरेलले बताए। विद्यालयमा समस्या देखिएपछि मनोविश्षेलकहरूसँग परामर्श गरिएको नगरप्रमुख अजय थापाले बताउनुभयो। केही बेर बेहोस हुने, कराउने गरेपछि आफैँ ठीक हुने गरेको बताइएको छ। केही समयपछि फेरि अरू विद्यार्थीलाई पनि यस्तो समस्या देखिएपछि विद्यालयको पठनपाठन…
Read More
महामन्त्री थापाले भने- अब गठबन्धन गर्न हुदैन

महामन्त्री थापाले भने- अब गठबन्धन गर्न हुदैन

ललितपुर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा अब गठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका छन् ।   सोमबारदेखि जारी महासमिति बैठकमा मङ्गलबार साङ्गठनिक प्रस्ताव पेश गर्दै उनले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका हुन् । “यस महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनमा आफ्नै तागतले एक्लै लड्ने सङ्कल्प गर्नुपर्छ,”– उनले भने ।   महामन्त्री थापाले आगामी निर्वाचनमा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्नमा मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए । महासमिति बैठकमा ३८ पृष्ठको साङ्गठनिक प्रस्ताव गरेका महामन्त्री थापाले विगतमा पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलसँगको सम्झौता बमोजिम…
Read More
ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न महानगरको आग्रह

ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न महानगरको आग्रह

काठमाडौं- काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गरेको छ। विशेष अदालतले व्यक्तिका नाममा रहेको सरकारी जग्गा फिर्ता गर्न आदेश दिएसँगै महानगरले ललिता निवास क्षेत्रबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई अनुरोध गरेको हो। एक सूचना प्रकाशित गर्दै ७ दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको छ। ‘विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजासमेत १७५ जना भएको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाडौँ महानगरपालिका वडा नं।४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत सरकारी भएको छ,’ सूचनामा भनिएको छ, ‘स्थानीय सरकार…
Read More
त्रिभुवन विमानस्थलमा करीब एक किलो सुनसहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलमा करीब एक किलो सुनसहित एक जना पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा उक्त सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको छ।   पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफर रहेका छन्। उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौं ओर्लिएका थिए। आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको थियो। प्रहरीले थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयको जिम्मा लगाएको छ।
Read More
चितवनको रत्ननगरमा हाेटल व्यवसायी महासंघकाे केन्द्रीय साधारण शभा

चितवनको रत्ननगरमा हाेटल व्यवसायी महासंघकाे केन्द्रीय साधारण शभा

चितवन - चितवनकाे रत्ननगरमा हाेटल व्यवसायी महासंघ नेपालकाे ११ ओैं केन्द्रीय साधारण सभा शुक्रवार चितवनकाे रत्ननगरमा गरिएकाे छ ।   साधरण सभाकाे वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गरेका थिए । साे अबसरमा बाेल्दै उनले तीन तारे हाेटल सम्म प्रदेशकाे अधिकार भित्र रहने गरि पर्यटन ऐन ल्याउने तयारी गरिएकाे बताए । प्रदेश सरकारले भ्रमणबर्ष घाेषणा गरिसकेकाे भन्दै उनले भ्रमण बर्षलाई सफल बनाउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताए । कार्यक्रममा महासंघकाे अबधारणा राख्दै गर्दै अध्यक्ष दिनेश कुमार चुकेले देशभरी रहेका ८० हजार हाेटल तथा रेष्टुरेन्ट व्यवासयीकाे अधिकारका लागि सुरक्षाकाे प्रत्याभूति हुने गरि पर्यटन ऐन संशाेधन गर्नुपर्ने…
Read More
स्कार्पियोले ठक्करदिंदा दिदीबहिनीको मृत्यु

स्कार्पियोले ठक्करदिंदा दिदीबहिनीको मृत्यु

दाङ- स्कार्पियोले ठक्करदिंदा दाङमा साइकलमा यात्रा गरिरहेका दिदीबहिनीको मृत्यु भएको छ । लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ८ मा प्र ३–०१–०२२ च १३६९ स्कार्पियोले ठक्कर दिँदा प्युठान झिमरुक गाउँपालिका १, गोवडी घर भई हाल राप्ती गाउँपालिका– ८ पिपरी बस्दै आएका ३५ वर्षीय राधा बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङले ठक्करबाट घाइते दुवैको उपचारका क्रममा मृत्यु भएको जनाएको हो ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.