आज मितिः २०८३ बैशाख ६ गते

चितवनका अधिकांस क्लिनिकहरुमा डाक्टर होइनन् तर डाक्टर बनेर उपचार गर्छन्

Uddar News

 

चितवन-

मेडिकल हबको रुपमा परिचित चितवनका अधिकांस क्लिनिकहरुमा नक्कली डाक्टर बनेर उपचार गरेको पाइन्छ ।

सरकारी अस्पतालमा लाइन लाग्नु पर्ने झन्झटले प्राय क्लिनिकहरुमा पनि भीड लाग्ने गरेको पाइन्छ ।

यस्तै चितवनस्थित भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा एक डेण्टल क्लिनिक बन्द गराइएको छ। नेपाल मेडिकल काउन्सिलले हेल्दी स्माइल डेण्टल केयर सेन्टरमा अनुगमन गर्दा दर्ता नभएको पाइएपछि बन्द गराएको हो।

 

 

 

 

नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष तथा काउन्सिलका सदस्य डा। अनिलविक्रम कार्कीका अनुसार विषम चौधरीले सञ्चालन गरेको डेण्टल क्लिनिक कुनै पनि निकायमा दर्ता भएको पाइएन। अनुगमनका क्रममा उक्त क्लिनिकमा कोही चिकित्सक नभेटिएको कार्कीले जानकारी दिए। सञ्चालक चौधरीले आफूले भारतको छत्तिसगढबाट बिडिएस र कान्तिपुर डेण्टलबाट सिडिएस अध्ययन गरेको दाबी गरेको उनको भनाइ छ। डा।कार्कीका अनुसार चौधरी काउन्सिलमा दर्ता भएका छैनन्।

नेपाल डेण्टल एशोसिएशनका अध्यक्ष एवं काउन्सिलका सदस्य अजयकुमार साह, नेपाल मेडिकल काउन्सिलका सदस्य डा। विक्रान्त ढकाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधिसहितले अनुगमन गरेका थिए। काउन्सिलमा परेको उजुरीका आधारमा अनुगमन गरिएको जनाइएको छ।

 

अनुगमनपछि क्लिनिकमा रहेको सिसी टिभीको हार्डडिस्क जफत गरेर काउन्सिलमा पठाइएको छ। उक्त हार्डडिस्कको अध्ययन गरेपछि थप विषय थाहा हुने उनले बताए। उक्त क्लिनिकमा उपचारको क्रममा फलोअप गर्न आएका बिरामीसँग सोधपुछ गर्दा निज चौधरीले ‘म चिकित्सक हुँ’ भन्दै उपचार गर्ने गरेको पाइएको छ। चौधरीसहित अन्य दुई कर्मचारी त्यहाँ कार्यरत थिए।

 

 

 

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.